default_image

4 years ago

August 4, 2020

विकास मल्ल बने राष्ट्रिय टोलीको गोलरक्षक प्रशिक्षक

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पूर्व गोलरक्षक तथा प्रशिक्षक विकास मल्ल राष्ट्रिय पुरुष फुटबल टोलीको गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेको साथमा विकास मल्ल (बायाँ)

एन्फाको प्राविधिक समितिले मंगलबार मल्ललाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको एन्फा वेबसाइटमा उल्लेख गरिएको छ । आफ्नो जमानाका उम्दा गोलरक्षक मल्लले त्रिभुवन आर्मीको जर्सीमा लामो समय घरेलु फुटबल खेले । उनले सन् २००० को दशकमा राष्ट्रिय टोलीका लागि समेत खेलेका थिए । सन् २००५ देक्खी २०१३ सम्म उनले राष्ट्रिय टोलीको जर्सी पहिरिए ।

मल्लले जापानी गोलरक्षक प्रशिक्षक हिरो मित्सोमारुको स्थान लिएका हुन् । हिरोले जाइकामार्फत स्वयंसेवक प्रशिक्षकका रुपमा राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्दै आएका थिए । अर्का गोलरक्षक प्रशिक्षक नवीन महर्जन एन्फाको युवा विभाग प्रमुख भएपछि उनले प्रशिक्षण जिम्मेवारी पाउन सकेनन् ।

मल्लले एएफसी लेभल १ गोलरक्षक प्रशिक्षण सर्टिफिकेट र एएफसी सी प्रशिक्षक सर्टिफिकेट कोर्ष पूरा गरेका छन् । उनी फिफा एमए गोलरक्षक कोर्षमा समेत सहभागी रहेका थिए । मल्लले आर्मीको मुख्य प्रशिक्षण नविन न्यौपानेको अनुपस्थितिमा आर्मीको दोस्रो टोलीको प्रशिक्षण सम्हालेका छन् ।

मललाई नेपालको सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोटका बाँकी ३ खेलका लागि जिम्मेवारी दिइएको एन्फाले जनाएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । सुरुवाती ५ खेलमा १ जित निकालेको नेपाल ५ राष्ट्र सम्मिलित समूहको चौथो स्थानमा छ । नेपालले एकमात्र जितको रुपमा ताइपेइको मैदानमा २-० को जित निकालेको थियो ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.