default_image

4 years ago

August 4, 2020

रियलका डिफेन्डरमा चेल्सीको नजर

36 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको चेल्सीले स्पेनिस महारथी रियल म्याड्रिडका डिफेन्डर सर्जियो रेगुइलोनलाई अनुबन्ध गर्न प्रारम्भिक छलफल सुरु गरेको छ ।

स्पेनी लेफ्ट ब्याक रेगुइलोनले गत सिजन लोनमा सेभिल्लाबाट खेलेका थिए । सेभिल्लाले रियलसमक्ष उनको लोन अर्को एक वर्ष बढाउने प्रस्ताव लागिसकेको छ । तर कोरोना संक्रमणका कारण आर्थिक रुपमा समस्या परेपछि रियलले उनलाई बेच्ने नै निर्णय गरेको छ । सेभिल्लाले खरिद प्रक्रियाका लागि भने प्रस्ताव गरेको छैन । २३ वर्षीय डिफेन्डरलाई उमेरका कारण पनि अन्य टोलीले मोटो रकम तिर्न तयार रहने देखिएको छ ।

रेगुइलोनका लागि प्रिमियर लिग क्लब चेल्सीले अनुबन्ध गर्ने इच्छा देखाएको छ । इटालियन सिरी ए र जर्मन बुन्डेसलिगाका क्लबले पनि उनको स्थितिलाई नियालिरहेको बुझिएको छ । रियल म्याड्रिडको एकेडेमीमा हुर्केका डिफेन्डर रेगुइलोनले रियल म्याड्रिडको सिनियर टोलीबाट समेत खेलिसकेका छन् । तर जिदानको आगमनसँगै उनले टोलीमा स्थान बनाउन सकेका छैनन् ।

Julen-Lopetegui-739209

यसअघि रियलका प्रशिक्षक रहेका जुलेन लोपेटेगुइले उनलाई सिनियर टोलीमा अवसर दिएका थिए । तर लोपेटेगुइको बसाइ रियलमा सकिएसँगै उनले पनि अवसर पाउन छाडे । गत सिजन लोपेटेगुइ सेभिल्लाको प्रशिक्षक भएपछि उनले पुन: रेगुइलोनलाई लोनमा ल्याएका थिए । रेगुइलोन आफैंले पनि सेभिल्ला नै जाने इच्छा देखाएपनि दुई क्लबबीच खरिदबारे सहमति हुन सकेको छैन ।

यता चेल्सीले लेफ्ट ब्याकका रुपमा नयाँ विकल्प खोजिरहेको छ । स्पेनकै मार्कोस अलोन्सो लाम्पार्डको रोजाईमा पर्न सकेका छैनन् । उनले यस सिजना १५ खेलमा मात्र सुरुवात गरे । इटालीका एमरसनले पनि १३ खेलमा सुरुवात गर्दा प्रभाव जमाउन सकेका छैनन् । लाम्पार्डले रेगुइलोनलाई रक्षात्मक क्षमता मात्र नभएर आक्रमणमा पनि सहयोग गर्न सक्ने हुनाले नजरमा राखेका हुन् ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.