default_image

4 years ago

August 9, 2020

खेल्ने धित नमर्दै विकासलाई प्रशिक्षकको जिम्मेवारी

प्रकाश तिमल्सिना, काठमाडौं खेल्ने रहर नै पूरा नहुँदै गोलकिपर विकास मल्लले फुटबल छाड्नु परेको थियो । खेल जीवनलाई सबथोक मान्ने उनी जस्ता खेलाडीका लागि त्यो पीडादायी अवस्था थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको पहिलो ब्याचका खेलाडी उनी पछिल्लो केहि वर्षदेखि फुटबलबाट लगभग ओझेलमै छन् । कहिलेकाहिँ आर्मीमा सक्रिय हुँदा पनि उनको भूमिका खेलाडीका […]

53 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

खेल्ने रहर नै पूरा नहुँदै गोलकिपर विकास मल्लले फुटबल छाड्नु परेको थियो । खेल जीवनलाई सबथोक मान्ने उनी जस्ता खेलाडीका लागि त्यो पीडादायी अवस्था थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको पहिलो ब्याचका खेलाडी उनी पछिल्लो केहि वर्षदेखि फुटबलबाट लगभग ओझेलमै छन् । कहिलेकाहिँ आर्मीमा सक्रिय हुँदा पनि उनको भूमिका खेलाडीका रुपमा रहने गरेको छैन ।

एन्फाले मंगलबार राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकका रुपमा नियुक्त गरेपछि उनी फेरि चर्चामा आएका छन् । यद्दपी उनका लागि यो जिम्मेवारी अप्रत्यासित नै थियो । फेरि एक पटक मैदान फर्केर औपचारिक सन्यास लिएपछि मात्र उनले प्रशिक्षणका बारेमा सोच्ने योजना बनाएका थिए । तर, एन्फाले उनलाई सोचेभन्दा निकै अघि यो जिम्मेवारीको लायक सम्झेको छ । अब यसमा उनी कति खरो उत्रन्छन् त्यो भने समयले बताउनेछ ।

विकास यो जिम्मेवारीका लागि मानसिक रुपमा तयार पार्ने जस भने एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहलाई दिन्छन् । सिंह उनै राष्ट्रिय टोलीका पूर्व कप्तान एवं गोलकिपर हुन् जसले विकासलाई ‘डेब्यू’ का समयमा हौसला दिँदै पोष्ट सम्हाल्न ढाडस दिएका थिए ।

‘उपेन्द्र दाई लामो समय राष्ट्रिय टोलीको गोलकिपर रहनु भएको थियो । यस्तो अवस्था आयो, टोलीमा उहाँ हुँदाहुँदै मैले पोष्ट सम्हाल्नु पर्ने भयो’, विकासले सन् २००५ को त्यो समय स्मरण गरे,‘ अब तिमीहरुले खेल्ने हो । युवा खेलाडी अघि बढ्नुपर्छ । नडराई खेल, तिमीलाई मेरो जहिले साथ रहन्छ भन्नुभयो । उहाँको त्यो वचनले मलाई उर्जा मिलेको थियो ।’

अहिले गोलकिपर प्रशिक्षकका रुपमा राष्ट्रिय टोलीमा आबद्ध उनका लागि पनि उनै उपेन्द्रमान सिंहले आफुलाई तयार पारेको विकास बताउँछन् । ‘म अहिले नै राष्ट्रिय टोलीमा यो जिम्मेवार लिनका लागि तयार थिइन’, उनले भने,‘ केहि समय खेल्ने भन्ने सोचमै म थिए । तर, उपेन्द्र दाईले यो मौका हो । यसलाई सदुपयोग गर्नुपर्छ । हामी साथमा छौं भन्नु भएपछि म तयार भएको हुँ ।’

गोलकिपर प्रशिक्षकका रुपमा उनको यात्रा कसरी अघि बढ्छ त्यसका लागि केहि वर्ष कुर्नै पर्ने हुन्छ । त्यो भन्दा अघि खेलाडीका रुपमा भने उनलाई धित मर्ने गरि खेल्न नपाएको आफैसँग भने गुनासो छ । विकास भन्छन्, ‘मैले अहिलेसम्म सन्यास लिएको छैन । खासमा मलाई खेल्ने रहन नै पुगेको छैन । रहर पुरा नगर्दै मैले खेलबाट टाढा हुनुपरेको थियो ।’

उनले मुख्यतः चोटकै कारण फुटबल खेल्न छाड्नु परेको थियो । नेपाली सेनाका मेजर विकास आर्मीबाट खेल्दा नै अभ्यासका दौरानमा ७ वर्ष अघि घाइते भएका थिए । कतारमा उनले घुँडाको शल्यक्रिया पनि गराए । तर, सोचे जसरी उनी खेलमा फर्कन सकेनन् । एउटा चोट र अर्को सेनाको आन्तरिक विभिन्न तालिमले उनले सोचे जसरी फुटबलमै समय दिइराख्न पाएनन् ।

एन्फा एकेडेमीको पहिलो ब्याच (२०५४) का खेलाडी विकास १२ वर्षको उमेरमा काठमाडौंबाट छनोट भएका थिए । उनले उमेर समूहका सबै अन्तर्राष्ट्रिय प्रतियोयिगतामा सहभागिता जनाए । सन् २००४ मा एएफसी यू २० च्याम्पियनसिपको दोस्रो चरणका लागि नेपाली टोली छनोट हुँदा उनी टोलीको पहिलो रोजाईका गोलकिपर थिए ।

एन्फा एकेडेमीका खेलाडीको पहिलो ब्याच भएका नाताले पनि चर्चा हुनु स्वभाविक थियो । २००५ मा उनीसहित एकेडेमीका थुप्रै खेलाडीले राष्ट्रिय टोलीमा मौका पाए । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका उपेन्द्रमान सिंहलाई तत्कालिन नेतृत्वले सन्यास फिर्ता लिन लगाएर पाकिस्तान लगेको थियो । उपेन्द्रमान कप्तानका रुपमा पाकिस्तान त पुगे । तर उनले ३ मध्ये कुनै खेल खेल्न पाएनन् ।

युवा खेलाडीलाई मौका दिने उद्देश्यका साथ विकासले उपेन्द्रमानको ठाँउ लिए । भारत, बंगलादेश र भुटानविरुद्धको सबै तीन खेलमा विकास पहिलो रोजाईमा परेका थिए । नेपाल समूह चरणबाट अघि बढ्न सकेन । तर विकाससँगै एकेडेमीका त्यो युवा पुस्ताले भने राष्ट्रिय टोलीमा आफ्नो छाप राम्रै छाडे ।

त्यसपछि अहिलेका नम्बर वान गोलकिपर किरण चेम्जोङले विकासको ठाँउ लिएका थिए । यसबीचमा रितेश थापाले पनि केहि खेलमा अवसर पाए । विकासले खेल्दाको समयमा अहिले जस्तो राष्ट्रिय टोलीको धेरै प्रतियोगिता भने हुँदैन थियो । राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपबाहेक खेल्ने भनेको विश्वकप छनोट हुन्थ्यो ।

सन् २००६ मा एएफसी च्यालेन्जकप सुरु भएको थियो । त्यो केहि वर्ष आयोजना भयो त्यसपछि रोकियो । नेपालमा २०१२ मा आयोजित एएफसी च्यालेन्जकपको संस्करण विकासका लागि अन्तिम प्रतियोगिता बन्यो । त्यो पनि विवादस्पद रहेको थियो ।

नेपालले सुरुवाती २ खेल गुमाइसकेपछि अघिल्लो चरण जाने सम्भावना समाप्त भइसकेको थियो । त्यहि समयमा सेनाले पहिलो दक्षिण एसियाली आर्मी फुटबल आयोजना गरेको थियो । च्यालेन्ज कपमा राष्ट्रिय टोलीको अन्तिम खेलअघि नै आर्मी विकास र राजु तामाङलाई सैनिकको प्रतियोगिता खेलाउन चाहन्थो । तर, तत्कालिन प्रशिक्षक ग्राहम रोबर्टस र एन्फा त्यसको लागि तयार थिएन ।

यस्तो अवस्थामा सेनाले विकास र राजुलाई जर्बजस्ती राष्ट्रिय टोलीबाट फिर्ता लगेको थियो । त्यो विषयमा रोबर्टसले पत्रकार सम्मेलन गर्दै नेपाली फुटबल २१ औं नभई १६ औं शताब्दीमै रहेका भन्दै आलोचना गरेका थिए । त्यति बेला आफ्ना खेलाडीलाई कोर्ट मार्सलसम्म गर्ने धम्की सेनाले दिएको रोबर्टसले पत्रकार सम्मेलनमा बताएका थिए ।

अब त्यो इतिहास भइसकेको छ । विकासका हकमा त्यो खेलाडीको रुपमा राष्ट्रिय टोलीबाट अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता रह्यो । त्यसपछि ज्याक स्टेफानोस्कीको समयमा उनी प्रशिक्षणमा डाकिएपनि टोलीमा पर्न सकेनन् । त्यसबीचमा उनलाई चोट लाग्यो । फुटबलमा फर्कन उनलाई झन् कठीन भयो ।

‘आफू खेल्दा कहिल्यै खेल छाड्नु पर्ला जस्तो लाग्दैन थियो । मलाई खेल्न भनेपछि अहिले पनि त्यत्तिकै मन पर्छ,’ ३५ वर्ष लाग्ने क्रममा लागका उनले भने,‘ तर दुर्भाग्य न मैले मन लागुन्जेल खेल्न पाए । न अन्तर्राष्ट्रिय फुटबलबाट सबैका सामू हात हल्लाएर बिदा लिन पाए । त्यो कुराले जहिले पनि मलाई घोचिरहन्छ ।’

समयको गतिलाई रोक्न सकिन्न । त्यसैले समयसँगै चल्नुपर्छ भन्ने विकासले स्वीकार गरिसकेका छन् । अब उनी फुटबलमै चुनौतीसहितको नयाँ यात्राका लागि तयार भएका छन् । उनले एएफसी सी लाइसेन्स कोर्ष र एएफसी गोलकिपङ  कोचिङ कोर्ष लेभल १ गरिसकेका छन् । त्यसको अर्थ उनी कुनै दिन प्रशिक्षणमा जानुपर्छ भन्नेमा पहिला नै सचेत थिए ।

यसपटकको जिम्मेवारीलाई विकासले अवसर कम र चुनौती बढीका रुपमा लिएका छन् । ‘पहिलो पटक राष्ट्रिय टोलीमा पर्दा र अहिले राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षक नियुक्त हुँदा दुवै अवस्थामा म नर्भस थिए,’ उनले भने,‘ तर जहाँ चुनौती छ त्यहि बढी मज्जा पनि आउँछ । म आफ्नोतर्फबाट राम्रो गर्ने पुरा प्रयास गर्नेछु । यद्दपी फुटबल एउटा पाटोले मात्र होइन, धेरै विषय मिलेपछि मात्र सफल हुन सकिन्छ ।’

खेलाडीको रुपमा धित नमरेपनि अब राष्ट्रिय टोलीमा विकासले प्रशिक्षकको जिम्मेवारी पाएका छन् । दुई दशक भन्दा लामो समय फुटबलमा आबद्ध विकासले नयाँ चुनौतीमा आफुलाई कति खरो उतार्छन् त्यसको मुल्याङ्कन भने समय बित्दै जाँदा पक्कै हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.