5 years ago
August 14, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको तेस्रो क्वाटरफाइनलमा शुक्रबार राति क्याटलान क्लब बार्सिलोना र जर्मन च्याम्पियन बायर्न म्युनिखबीचको प्रतिस्पर्धा हुँदैछ ।

खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि शुरु हुनेछ । यि दुई टोली २०१५ पछि पहिलोपटक भिड्न लागेका हुन् । दुवै टोली खेल आफ्नो पक्षमा पार्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछन् । यो खेललाई उच्च लयमा रहेका फरवार्ड रोवर्ट लेवान्डोस्की र लिओनेल मेस्सी बीच विशेष प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ ।
स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडलाई सुम्पिएको बार्सिलोना बायर्नलाई हराउँदै सेमिफाइनलमा पुग्ने दाउमा हुनेछ । शनिबार नेपोलीबिरुद्ध सिजनको ३१औ गोल गरेका मेस्सी बार्सिलोनासँग पाचौं च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छन् । मेस्सी नै टोलीको मुख्य हतियार हुनेछन् ।
बार्सिलोनालाई मेस्सीसँगै लुइस सुआरेज, एन्टोइन ग्रिजमन, आर्टुरो भिडाल, सर्जियो बुस्क्वेट्स, फ्रान्की डि जोङ, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, जेरार्ड पिके, नेल्सन सेमेडो र गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनको साथ रहनेछ । यसबाहेक फरवार्ड औसमाने डेम्बेलेले ९ महिनापछि टोलीमा पूनरागमन गरेका छन् ।

यता, उत्कृष्ट लयमा बायर्न बार्सिलोनालाई हराउदै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको बायर्नले कोरोनापछिको सबै १३ खेलमा जित निकालेको छ । बायर्न सोही जितलाई निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ ।
बायर्नका लागि यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की नै मुख्य हतियार हुनेछन् । उनले यो सिजन कुल ५३ तथा च्याम्पियन्स लिगमा १३ गोल गरिसकेका छन् । उनी च्याम्पियन्स लिगमा यो सिजनको सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् । लेवान्डोस्की रियल म्याड्रिडका पुर्व खेलाडी क्रिस्टियानो रोनाल्डोले एक सिजनमा गरेको सर्वाधिक १७ गोलको कीर्तिमान भेट्टाउने लक्ष्यमा हुनेछन् ।
उनलाई थोमस मुलर, सर्जी जिनाब्री, किङ्सले कोमन, थियागो अलकान्तरा, लियोन गोरेट्ज्का, डेभिड खलवा, जेरोमी बोएटिङ, जोसुवा किम्मिच र गोलरक्षक तथा कप्तान म्यानुयल नोएरले साथ दिनेछन् ।

दुवै टोलीमा विश्वस्तरीय उत्कृष्ट खेलाडी रहेका कारण यो हाई प्रोफाइल भिडन्त निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ । यि दुई टोली हालसम्म ६ पटक आमने–सामने हुदा बायर्नले ६ खेल आफ्नो पक्षमा पारेको छ । दुई खेल बार्सिलोनाले जितेको छ ।
हेड टु हेड
बायर्नविरुद्ध बार्सिलोना (३–२) – च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेग (२०१५)
बार्सिलोनाविरुद्ध बायर्न (३–०) – च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेग लेग (२०१५)
बायर्नविरुद्ध बार्सिलोना (२–०) – क्लब मैत्रीपुर्ण (२०१३)
बार्सिलोनाविरुद्ध बायर्न (०–३) – च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेग लेग (२०१३)
बायर्नविरुद्ध बार्सिलोना (४–०) – च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेग (२०१३)
बार्सिलोनाविरुद्ध बायर्न (२–०) – औडी कप (२०१३)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]