default_image

4 years ago

August 25, 2020

एन्फाले ११ कोचिङ कोर्स सन्चालन गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले वर्ष २०२०/२१ को लागि विभिन्न कोचिङ कोर्सको मिति सार्वजनिक गरेको छ । एन्फाले मंगलबार विभिन्न ११ कोर्सको मिति सार्वजनिक गरेको छ । तर कोरोना महामारीको कारणले तोकिएको मिति हेरफेर हुन सक्ने हेड अप कोच एजुकेसनका सन्जिब सिंहले बताएका छन् । एन्फाले सञ्चालन गर्ने कोर्समा भाग […]

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले वर्ष २०२०/२१ को लागि विभिन्न कोचिङ कोर्सको मिति सार्वजनिक गरेको छ । एन्फाले मंगलबार विभिन्न ११ कोर्सको मिति सार्वजनिक गरेको छ ।

तर कोरोना महामारीको कारणले तोकिएको मिति हेरफेर हुन सक्ने हेड अप कोच एजुकेसनका सन्जिब सिंहले बताएका छन् । एन्फाले सञ्चालन गर्ने कोर्समा भाग लिनका लागि अनलाइन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरेको जनाएको छ ।

विभिन्न कोर्स १५ सेप्टेम्वर २०२० बाट सुरु भएर २१ जुलाई २०२१ मा समापन हुनेछ । एन्फाले सार्वजनिक गरेको तालिका अनुसार एन्फा ग्रासरुट कोचिङ कोर्स १५ सेप्टेम्बरबाट दुई दिन सञ्चालन हुनेछ ।

त्यसपछि कम्युनिटी कोचिङ कोर्स (एन्फा डि लाइसेन्स) डिसेम्बर १५ बाट चार दिन चल्नेछ । एन्फाले त्यसका लागि ४ हजार रुपैयाँ शुल्क तोकिएको छ । कोर्सका लागि फुटबल खेलाडी हुनुपर्ने प्रावधान छ ।

एन्फा/एएफसी ‘सी’ लाइसेन्स कोचिङ कोर्स जनवरी १५ देखि ८ दिनसम्म सञ्चालन हुनेछ । यसका लागि ५ हजार रुपैयाँ शुल्क र एन्फा डि लाइसेन्स कोर्स पास भएको हुनुपर्नेछ ।

एन्फा/एएफसी ‘बी’ लाइसेन्स कोचिङ कोर्स जनवरी ५ देखि १२ दिनसम्म सञ्चालन हुनेछ । जसक लागि एएफसी ‘सी’ लाइसेन्स कोर्स पास गरेको हुनुपर्नेछ । त्यसका लागि शुल्क ७ हजार रुपैयाँ रहेको छ ।

एन्फा/एएफसी ‘ए’ लाइसेन्स कोर्स नोभेम्बर १ देखि सुरु हुनेछ । कोर्स १८ दिनसम्म सञ्चालन हुनेछ । जसका लागि एएफसी ‘बी’ लाइसेन्स पास भएको र शुल्क १० हजार रुपैयाँ बुझाउनुपर्नेछ ।

एन्फा एडभान्स युथ कोचिङ कोर्स ५ जनवरीबाट सुरु हुने बताइएको छ । कोर्स ६ दिनसम्म चल्नेछ । एएफसी ‘सी’ लाइसेन्स पास गरेकाले कोर्समा सहभागिता जनाउन पाउनेछन् । शुल्क १० हजार रुपैयाँ तोकिको छ ।

एएफसीको विशेष कोर्स अन्र्तगत एएफसी फिटनेस लेवल वान ‘ए’ कोचिङ कोर्स फेब्रुअरी १० बाट सञ्चालन हुनेछ । कोर्स ५ दिन सञ्चालन हुनेछ । एएफसी ‘सी’ लाइसेन्स पास गरेकाले कोर्समा सहभागिता जनाउन पाउनेछन् ।

एएफसी फिटनेस लेवल वान ‘बी’ कोचिङ कोर्स मार्च १० देखि सुरु हुनेछ । कोर्स ५ दिन सञ्चालन हुनेछ । एएफसी फिटनेस लेवल वान ‘ए’ कोचिङ कोर्स पसा गरेकाले यस कोर्समा सहभागिता जनाउन पाउनेछ ।

एएफसी गोलकिपिङ लेवल वान ए कोचिङ कोर्स जुन १० देखि तथा एएफसी गोलकिपिङ लेवल वान टु कोचिङ कोर्स डिसेम्वर १० देखि शुरु हुने छ । दुवै कोर्स ६ दिनसम्म सञ्चालन हुनेछ ।
एएफसी फुटसल लेभल वान कोचिङ कोर्स जुलाई १५ बाट शुरु हुनेछ । ६ दिने कोर्सका लागि फुटसल खेलाडी हुनुपर्ने योग्यता राखिएको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.