default_image

5 years ago

September 7, 2020

इटाली र नेदरल्यान्ड्स भिड्दै

147 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए१ को दोस्रो चरणको खेलमा साविक उपविजेता नेदरल्यान्ड्सले इटालीको सामना गर्दैछ । खेल नेपाली समयानुसार मंगलबार बिहान १२:३० बजे (सोमबार मध्यरात) सुरु हुनेछ ।

नेदरल्यान्ड्सले शुक्रबार भएको पहिलो खेलमा पोल्यान्डलाई १-० ले पराजित गरेको थियो । स्टिभन बर्गवाइनले ६१ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो । यता इटालीले भने पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १-१ को बराबरी खेलेको थियो । कप्तान एडिन जेकोले बोस्नियालाई अग्रता दिलाएपनि स्टेफानो सेन्सीले खेल बराबर गरेका थिए ।

रोनाल्ड कोम्यान बार्सिलोना गएपछि नेदरल्यान्ड्सको जिम्मेवारी ड्वाइट लोदेवेजेसले सम्हाल्दै आएका छन् । अघिल्लो सिजन उपविजेता बनेको नेदरल्यान्ड्स यसपटक एक कदम अगाडी गएर उपाधि जित्न चाहन्छ । इटालीविरुद्ध जित हात पारे समूहमा स्पष्ट अग्रता बनाउने अवसर डच टोलीलाई छ ।

नेदरल्यान्ड्सले यस खेलमा अघिल्लो टोलीबाट कुनै परिवर्तन गर्ने सम्भावना देखिदैन । यता इटालीले भने अनुभवी डिफेन्डर जिओर्जियो किएलिनीलाई उतार्न सक्छ । अघिल्लो खेलमा प्रशिक्षक रोबर्टो मान्चिनीले किएलिनीलाई खेलाउने तयारी गर्दागर्दै गल्तिले फ्रान्सेस्को एचेरबीलाई खेलाएको स्वीकारेका थिए ।

इटलीका लागि किएलिनीसँगै सिरो इम्मोविले, लोरेन्जो इन्सिग्ने, निकोलो जानिओलो, स्टेफानो सेन्सी, लियोनार्दाे बोनुची र गोलरक्षकमा जियानलुजी डोनररुम्मा रहनेछन् । स्टार खेलाडीले भरिएको हल्यान्डका लागि लुक डि जोङ, मेम्फिस डिपाए, जर्जिन्हो वाइनाल्डम, स्टेभेन वर्गवाइन, फ्रेन्की डि जोङ, भर्जिल भान डाइक, नाथन एके र जस्पर सेलेसनजस्ता खेलाडीहरु रहेका छन् ।

यि दुई टोली चारपटक आमने समाने हुदा हल्यान्ड जित विहीन छ । इटलीले २ खेल आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोलीले २०१८ जुनमा मैत्रीपुर्ण खेल खेल १–१ गोलको बराबरी खेलेको थियो । इटली हल्यान्डसँग अपराजित रहने दाउमा रहँदा हल्यान्ड इटलीलाई हराउने लक्ष्यसाथ उत्रनेछ ।

यही समुहको अर्काे खेलमा पोल्यान्डले बोस्निया एन्ड हर्ज गोभिनाको भ्रमण गर्दैछ । खेल राति १२ः३० बजे नै हुनेछ । यस समूहमा नेदरल्यान्ड ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एक अंक जोडेको इटाली दोस्रो र बोस्निया तेस्रो स्थानमा रहेको छ । अंकविहीन पोल्याण्ड पुछारमा रहेको छ ।

आज हुने अन्य खेल :

काजकस्तानविरुद्ध बेलारुस (१९ः४५ बजे)

अल्वानियाविरुद्ध लिथुआनिया (१२ः३० बजे)

बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध पोल्यान्ड (१२ः३० बजे)

नर्दन आयरल्यान्डविरुद्ध नर्वे (१२ः३० बजे)

अष्ट्रियाविरुद्ध रोमानिया (१२ः३० बजे)

इजरायलविरुद्ध स्लोभाकिया (१२ः३० बजे)

चेक रिपब्लिकविरुद्ध स्कटल्यान्ड (१२ः३० बजे)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.