default_image

5 years ago

September 8, 2020

नेदरल्यान्ड्समाथि इटालीको कठिन जित

162 views

0 Bookmark

एजेन्सी – युईएफए नेसन्स लिगमा इटालीले नेदरल्यान्ड्समाथि कठिन जित हात पारेको छ । इटालीले नेदरल्यान्ड्सलाई उसकै मैदानमा १–० को झिनो जित हात पारेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा इटालीको जितमा पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक बन्यो ।

योहान क्रुएप एरिना आम्सर्टडममा सोमबार राति भएको खेलको १२औं मिनेटमा निको बरेल्लाको प्रहार नेदरल्यान्ड्सका डिफेन्डर जोइल भेल्टम्यानलाई डिफ्लेक्ट हुदै पोस्ट नजिकैबाट बाहिरिदा इटाली अग्रता लिनबाट चुक्यो ।

३२औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले दुई डिफेन्डर जर्जियो चिलियनी र लियोनार्दाे बोनुचीलाई बिट गर्दै गरेको प्रहार फितलो बन्दा गोलरक्षक जियानलुजी डोनररुम्माले सहजै नियन्त्रणमा लिए ।

३४औं मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेले हान्स हाटेबोइलाई बिट गर्दै २० यार्डबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ३८औं मिनेटमा सिरो इम्मोविले र इन्सिग्नेको समन्वय मिलेपनि इम्मोविलेको प्रहार फितलो बन्दा इटाली अग्रता लिनबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गोल गदै इटालीलाई १–० को अग्रता दिलाए । जर्गिन्हो र इन्सिग्नेको उत्कृष्ट समन्वयमा सिरो इम्मोविले पेनाल्टी बक्सभित्रबाटै मिलाइदिएको पासमा अनमार्क रहेका बरेल्लाले हेडरमार्फत फिनिस गरेका थिए ।

५३औं मिनेटमा बरेल्लाको प्रहारलाई नेदरल्यान्ड्सका गोलरक्षक जस्पर सेलेसनले बचाए । ५५औं मिनेटमा मेम्फिस डिपाएको पासमा जर्जिन्हो वाइनाल्डमको क्रसमा डोनी भान डि विकको प्रहार डोनररुम्माको हातमा पुग्दा नेदरल्यान्ड्स बराबरीबाट चुक्यो । ६१औं मिनेटमा डिपाएको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

६७औं मिनेटमा सिरो इम्मोविलेको पाससमा सव्सिच्युट मोइसा किनले पेनाल्टी बक्समा बल भेट्टाएपनि नियन्त्रणमा लिन नसक्दा नाथन एकेले क्लियर गरिदिए । ९०औं मिनेटमा मार्टिन डि रुनको क्रसमा कसैको निगरानीमा नरहेका मेम्फिस डिपाएको ओभरहेड किक क्रसबारा लागेर बाहिरिदा नेदरल्यान्ड्स बराबरीबाट चुक्दा इटाली विजयी हुन सफल भयो ।

यही समूहको अर्काे खेलमा पोल्यान्डले बोस्निया एन्ड हर्जगोभिनामाथि २–१ को पूनरागमन जित हात पारेको छ । पोल्यान्डको जितमा कामिल जिलिक र कामिल ग्रोसिक्कीले गोल गरे । बोस्नियाका हरिस हजराडिनोभिकले गरेको गोल सान्त्वना बन्यो ।

जितसँगै इटाली लिग ‘ए’ १ मा ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित नेदरल्यान्ड्स ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पोल्यान्डको पनि ३ अंक रहेपनि गोलअन्तरमा पछि छ । १ अंक जोडेको बोस्निया एन्ड हर्जगोभिना पुछारमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.