default_image

5 years ago

September 8, 2020

हालान्ड चम्कदा नर्वेको सानदार जित

163 views

0 Bookmark

एजेन्सी – युवा सनसनी एर्लिङ ब्राउट हालान्ड चम्कदा युईएफए नेसन्स लिगमा नर्वेले नर्दन आयरल्यान्डमाथि सानदार जित हात पारेको छ । नर्वेले नर्दन आयरल्यान्डमासथ उसकै मैदानमा ५–१ को सानदार जित हात पारेको हो ।

वाइन्डसर पार्क बेलफास्टमा सोमबार राति भएको खेलमा नर्वेको फराकिलो जितमा हालान्ड र एलेसान्दार सोरलोथले समान दुई तथा मोहमेद इलयुनोउसीले एक गोल थपे । नर्दन आयरल्यान्डका प्याट्रिक म्याक्नेयरले गरेको गोल सान्त्वना बन्यो ।

एकपक्षीय खेलमा नर्वेले खेलको तेस्रो मिनेटमा नै मोहमेदको गोलबाट अग्रता बनाएको थियो । उनले कप्तान स्टेफन जोहानसेनले दिएको क्रसलाई पेनाल्टी बक्समा चेस्टले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।

छैटौ मिनेटमा घरेलु टोलीका प्याट्रिकले खेललाई १–१ गोलको बराबरीमा ल्याए । ड्यानियल बलार्डको क्रसमा फरवार्ड कोनोर वासिङ्टनले एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई नर्वेका गोलरक्षक रुनी जार्सटेइनले पञ्न गरेर बचाएपनि अनमार्क रहेका प्याट्रिकले बललाई जाली चुमाएका थिए ।

त्यसको एक मिनेट नबित्दै एर्लिङ ब्राउट हालान्डले गोल गर्दै ननर्वेलाई पुनः खेलमा २–१ को अग्रता दिलाए । डिफेन्स लाइबाट आएको लामो पासलाई सोरलोथले हेडरमार्फत मिलाइदिएको पासमा आलान्डले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत हुदा नर्दन आयरल्यान्डका गोलरक्षक बेइलेले रोक्ने कुनै अवसर नै पाएन ।

१९औं मिनेटमा आइताम एलिसामीको क्रसमा सोरलोथले गोल गर्दै नर्वेलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए । ४७औं मिनेटमा हालान्डको पासमा सोरलोथले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ४–१ को आरामदायी स्थितिमा ल्याए ।

कप्तान जोहानसेनको लामो पासलाई नियन्त्रणमा लिदै पेनाल्टी बक्ससम्म पु¥याएर आफैले अवसर पाएपनि हालान्डले सोरलोथलाई पास दिएका थिए । ५८औ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ५–१ को फराकिलो जिततर्फ अग्रसर गराए ।

कप्तान जोहानसेनबाट सोरलोथ हुदै डिफेन्डर ओमारले हेडमार्फत मिलाइदिएको पासमा हालान्डले गोल गर्न सफल भएका थिए । त्यसपछि पनि दुवै टोलीले गोल गर्ने अवसर पाएपनि चुकाउदा नर्वे ५–१ को फराकिलो जित निकाल्न सफल भयो ।

जितसँगै लिग ‘बी’ १ मा रहेको नर्वेले दुई खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । रोमानिया ४ अंक जोडेर शीर्षस्थानमा रहँदा ३ अंक नै जोडेको अष्ट्रिया नर्वेभन्दा हेड टु हेडमा अघि छ । नर्दन आयरल्यान्ड १ अंक जोडेर पुछारमा छ ।

यही समूहको अर्काे खेलमा रोमानियाले अष्ट्रियामाथि ३–२ को जित निकालेको छ । रोमानियाको जितमा डेनिस एलिबेक, ड्रागोस ग्रिगोरे र एलेसान्द्रु म्याक्सिमले गोल गरे । अष्ट्रियाका क्रिस्टोफ बाउमगार्टनर र करिम ओनिसिवोले गोल गरे ।

अन्य नतिजा
लिग ‘ए’ १ –
बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध पोल्यान्ड (१–), नेदरल्यान्ड्सविरुद्ध इटाली (०–)

लिग ‘सी’ ४ – काजकस्तानविरुद्ध बेलारुस (१–२), अल्वानियाविरुद्ध लिथुआनिया (०–)

लिग ‘बी’ १ – नर्दन आयरल्यान्डविरुद्ध नर्वे (१–), अष्ट्रियाविरुद्ध रोमानिया (२–)

लिग ‘बी’ २ – इजरायलविरुद्ध स्लोभाकिया (१–१), चेक रिपब्लिकविरुद्ध स्कटल्यान्ड (१–)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.