5 years ago
September 8, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएका छन् ।

एभर्टनले रियलका २९ वर्षीय मिडफिल्डर रोड्रिग्वेजलाई २ वर्षको लागि २० मिलियन युरोमा अनुबन्धित गरेको हो । पछिल्लो समय रियलमा खेल्ने अवसर नपाएपछि रोड्रिग्वेज नयाँ क्लबको खोजीमा रहेका थिए ।
एभर्टनले सोमबार राति एक एनिमेसन भिडियोमार्फत रोड्रिग्वेजलाई सार्वजनिक गरेको हो । भिडियोमा रोड्रिग्वेजले ‘म यहाँ आउन पाएकोमा खुसी छु । मलाई निलो जर्सीमा गर्व छ,’ भनेका छन् ।
एभर्टनमा अनुबन्धित भएसँगै रोड्रिग्वेजले आफ्नो करियरमा नयाँ चुनौती थपिएको बताएका छन् । ‘राम्रो सुरुवात गर्न चहान्छु । खुसी र उत्सुक छु । महत्वाकांक्षा लिएर आएको यस क्लबमा समर्पण र प्रतिबद्धता पुरा गर्नेछु,’ रोड्रिग्वेजले भनेका छन् ।

सन् २०१४ को ब्राजिल विश्वकपमा उच्च प्रदर्शन गरेपछि रियलले हामेसलाई फ्रान्सेली क्लब मोनाकोबाट ६३ मिलियन पाउन्डमा अनुबन्धित गरेका थिए । हामेस त्यसपछि २०१७ मा बायर्न म्युनिखमा लोनमा अनुबन्धित भएका थिए । दुई सिजन लोनमा बायर्नमा बिताएपछि रोड्रिग्वेज गत सिजन रियल फर्किएका थिए ।
तर, पनि हामेसले प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा खेल्ने अवसर निकै कम पाएका छन् । उनले गत सिजन रियलबाट मात्रै १४ खेलमा अवसर पाए । उनले एक गोल गरे ।

रोड्रिग्वेजले एर्भटनका प्रशिक्षक कार्लाे एन्सेलोटीको प्रशिक्षणमा रियल म्याड्रिड र जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने मौका पाएका थिए । रोड्रिग्वेजले दुई सिजन बायर्नबाट ६७ खेल खेल्दा १५ गोल गरे ।
रोड्रिग्वेजले रियलबाट १२५ खेलमा ३७ गोल गरेका छन् । उनले रियलबाट समान दुई पटक स्पेनिस ला लिगा, च्याम्पियन्स लिग, युईएफए सुपरकप र फिफा क्लब वल्डकप जितेका छन् । एकपटक स्पेनिस सुपरकोपा जितेका छन् ।
यस्तै बायर्न म्युनिखबाट दुई पटक बुन्डेसलिगा र एकपटक डिएफबी पोकल जितेका छन् । फ्रान्सेली क्लब मोनाको आउनुअघि तीन सिजन पोर्चुगिज क्लब पोर्टाेमा बिताउँदा तीनपटक पोर्चुगिज लिग र समान एकपटक युरोपा लिग, सुपर टाका र टाका डि पोर्चुगलको उपाधि जितेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]