5 years ago
September 8, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय ड्युटीमा रहेका फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) का अनुसार अन्तर्राष्ट्रिय ड्युटीमै रहँदा उनमा सोमबार कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएसँगै उनले राष्ट्रिय टोलीको क्याम्प छोड्दै सेल्फ आइसोलेसनमा गइसकेका छन् । यसअघि गरिएको परिक्षणमा भने उनको नतिजा नेगेटिभ आएको थियो ।
फ्रान्स फुटबलका अनुसार २१ वर्षीय एमबाप्पे कोरोना पुष्टि हुने पीएसजीको पछिल्लो खेलाडी हुन् । यसअघि पीएसजीका नेयमार, मोउरो इकार्डी, एन्जल डि मारिया, लियान्द्रो पाराडेस, केलर नाभास र मार्किन्हसलाई कोरोना पुष्टि भइसकेको छ ।
नेसन्स लिग अन्तरगत शनिबार राति स्वीडेनविरुद्धको खेलमा एमबाप्पेले पहिलो रोजाईमा खेल्दै उनकै गोलमा १–० को जित निकालेको थियो ।कोरोना पुष्टि भएसँगै एमबाप्पेले आज राति (मंगलबार) घरेलु मैदानमा हुने क्राएसियाविरुद्धको खेलका साथै फ्रेन्च लिग वानको लेन्स र मार्सेलीविरुद्धको खेल गुमाउने पक्का भएका छन् ।
यद्यपि फ्रान्सेली लिगले एकै टोलीका ४ भन्दा बढी खेलाडी संक्रमित भए खेल स्थगित गर्न सक्ने जनाएको छ । पिएसजीको खेलबारे संघले चाँडै निर्णय गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]