default_image

5 years ago

September 8, 2020

मौरीले टोक्दा लम्बिएको रोनाल्डोको शतक प्रतिक्षा

188 views

0 Bookmark

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा ९९ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सुचिमा दोस्रो स्थानमा छन् ।

रोनाल्डोले गत वर्ष नोभेम्बरमा लक्जेम्बर्गविरुद्ध ९९ औं गोल गरेपछि राष्ट्रिय टोलीका लागि गोल थपेका छैनन् । अघिल्लो साता क्रोएसियाविरुद्ध खेलमा रोनाल्डोले यस दुर्लभ उपलब्धि हासिल गर्ने देखिएको थियो । तर राष्ट्रिय टोलीको प्रशिक्षणमा उनको खुट्टाको बुढी औंलामा मौरीले टोकेपछि उनले खेल्न सकेनन् ।

रोनाल्डोको खुट्टामा मौरीले टोकेपछि घाउ बिग्रेको थियो । त्यसकारण उनले शनिबार क्रोएसियाविरुद्ध खेलमा उत्रन सकेनन् । आइतबारको प्रशिक्षणमा सामेल भएपछि रोनाल्डो अब मंगलबार हुने खेलमा सहभागी हुने सम्भावना बलियो छ । प्रशिक्षक फर्नान्डो सान्तोसले बुधबार मौरीले टोकेपछि उनले प्रशिक्षण गर्न नसकेको बताएका थिए ।

रोनाल्डो मंगलबार सोलनामा हुने स्विडेनविरुद्ध खेलमा सहभागी हुँदै सयौं गोल पूरा गर्ने सुरमा हुनेछन् । यस स्थानमा रोनाल्डोको बेग्लै इतिहास पनि छ । सन् २०१३ मा विश्वकप छनोटको प्लेअफमा ज्लाटन इब्रहिमोभिचको कप्तानीमा रहेको स्विडेनविरुद्ध रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो लेगमा निर्णायक गोल गरेका रोनाल्डोले दोस्रो लेगमा भने ह्याट्रिक पूरा गरेका थिए ।

रोनाल्डोबिना पनि नेसन्स लिगको पहिलो खेलमा टोलीले क्रोएसियालाई ४-१ ले पराजित गरेको थियो । एकपक्षीय खेलमा पोर्चुगलले झन्डै १ दर्जन गोलको अवसर सिर्जना गरेको थियो । स्विडेनविरुद्ध रोनाल्डोको आगमनले पोर्चुगलको आक्रमण अझै बलियो हुने अनुमान गरिएको छ ।

युभेन्टस स्टार रोनाल्डोसँगै म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस, म्यानचेस्टर सिटीका बर्नार्डो सिल्भा र एटलेटिको म्याड्रिडका जोआओ फेलिक्सले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पछिल्लो खेलमा वल्भ्सका डिओगो जोटा र युभेन्टसका जोआओ क्यान्सेलोले पनि प्रभावशाली प्रदर्शन गरेका थिए ।

३५ वर्षीय रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान पछ्याइरहेका छन् । हाल इरानका अलि दाइ १ सय ९ गोलका साथ शीर्षस्थानमा रहेका छन् । रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो । गत सिजन नेदरल्यान्ड्सलाई फाइनलमा पराजित गर्दै पोर्चुगल नेसन्स लिगको च्याम्पियन पनि बनेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.