default_image

5 years ago

September 8, 2020

विश्वकपको फाइनलिस्ट फ्रान्स र क्रोएसिया भिड्दै

190 views

0 Bookmark

एजेन्सी – सन् २०१८ मा रसियामा भएको विश्वकप फाइनलमा फ्रान्स र क्रोएसियाले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा क्रोएसियालाई ४–२ ले निराश पार्दै दोस्रोपटक फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन बनेको थियो ।

यिनै दुई टोली मंगलबार राति युइएफए नेसन्स लिगको समूह ‘ए’ को ३ मा समूह चरणको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार फ्रान्सको घरेलु मैदान पार्क डि प्रिन्सेसमा राति १२ः३० बजे हुने छ । यि दुई टोली दुई वर्षपछि अर्थात रसिया विश्वकपछि पहिलो पटक भिड्न लागेका हुन् ।

फ्रान्स विश्वकपकै नतिजा दोहोर्याउने दाउमा हुनेछ । तर, विश्वकप जित्दाका टोलीका स्टार फरवार्ड केलिएन एमबाप्पे टोलीमा रहेका छैनन् । उनलाई सोमबार साँझ मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पल पोग्बा पनि कोरोनाकै कारण टोलीमा छैनन् ।

यी दुईको अनुपस्थितिका बाबजुद फ्रान्ससँग स्टार खेलाडीहरुको बाहुल्यता छ । कप्तान ह्युगो लोरिसले फ्रान्सको गोलकिपिङ सम्हाल्नेछन् । एमबाप्पेको अनुपस्थितिमा ओलिभर जिरुउड र विसाम विन यडरले टोलीको अग्रपङ्ति सम्हाल्न सक्नेछ । एन्टोइन ग्रिजमन, एङगोलो कान्टे, लुकास डिग्ने, प्रेसनेल किमपेम्वे र राफयल भरान जस्ता खेलाडीको साथ फ्रान्सलाई छ ।

यता, पहिलो खेलमा पोर्चुगलसँग फराकिलो हार बेहोरेको क्रोएसिया फ्रान्सलाई पराजित गर्दै नेसन्स लिगमा पहिलो जितको खोजीमा हुनेछ । क्रोएसिया विश्वकपको हारको बदला लिने दाउमा समेत हुनेछ । नेसन्स लिगमा क्रोएसियाले कप्तान लुका मोड्रिच र इभान पेरिसिसजस्ता स्टार खेलाडीलाई विश्राम दिएको छ ।

एन्टी रेविच, माटियो कोभासिच, मारियो पासालिच र इभान पेरिसिस फ्रान्सविरुद्ध पहिलो रोजाईमा खेल्न सक्नेछ । यि दुई टोली हालसम्म दुई पटक प्रतिस्पर्धा हुदा एक खेल फ्रान्सले आफ्नो पक्षमा पार्दा एक मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

फ्रान्स लगातार दोस्रो जितको खोजीमा रहँदा क्रोएसिया पहिलो जितको खोजीम हुनेछ । फ्रान्सले पहिलो खेलमा स्वीडेनलाई १–० ले हराउँदा क्रोएसियाले पोर्चुगललाई ४–१ ले नतिजा सुम्पिएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.