5 years ago
September 9, 2020
एजेन्सी –कप्तान सर्जियो रामोसले रियल म्याड्रिड छाडेर प्रिमियर लिग टोली एभर्टनमा आबद्ध भएका हामेस रोड्रिग्वेजका लागि भावुक सन्देश पोष्ट गरेका छन् । सोमबार साँझ रोड्रिग्वेजलाई एभर्टनले सर्वाजनिक गरेको थियो ।

६ वर्ष लामो यात्राको अन्त्य गर्दै कोलम्बियन हामेसले इग्लिस क्लब रोजेका थिए । हामेस रियलका समर्थकमाझ लोकप्रिय खेलाडी मध्ये थिए । उनीबीचमा दुई सिजन बार्यन म्युनिखमा लोनमा बिताएका थिए । पछिल्लो सिजन भने रियल म्याड्रिडमा पर्याप्त अवसर नपाएपछि हामेसले क्लब छाड्न चाहेको बताएका थिए ।
रामोसले सामाजिक संजालमार्फत व्यक्तिगत रुपमा राम्रो सम्बन्ध बनाएका हामेसलाई संदेश दिएका छन् । ‘शुभकामना साथी’, रामोसले इन्स्टग्राममा रोड्रिग्वेजसँगको फोटो पोष्ट गर्दै लेखेका छन्, ‘हुन त तिम्रो बायाँ खुट्टा र क्षमताका लागि त्यो भनिराख्नु पर्दैछ । छिट्टै भेटौंला । शुभेच्छा छ ।’
एभर्टनले २९ वर्षे मिडफिल्डर रोड्रिग्वेजलाई २ वर्षको लागि २० मिलियन युरोमा अनुबन्धित गरेको हो । रियलमा खेल्ने अवसर कमै मात्र पाएपछि रोड्रिग्वेज नयाँ क्लबको खोजीमा थिए । उनलाई अमेरिकी लिगको इन्टर मायमीले अनुबन्ध गर्ने प्रस्ताव गरेपनि प्रशिक्षक कार्लो एन्चेलोटिसँग सम्पर्कमा आएपछि उनले प्रिमियर लिग रोजेका थिए ।
एभर्टनमा अनुबन्धित भएसँगै रोड्रिग्वेजले आफ्नो करियरमा नयाँ चुनौती थपिए उल्लेख गर्दै भनेका थिए, ‘राम्रो सुरुवात गर्न चहान्छु । खुसी र उत्सुक छु । महत्वाकांक्षा लिएर आएको यस क्लबमा समर्पण र प्रतिबद्धता पुरा गर्नेछु ।’
सन् २०१४ को ब्राजिल विश्वकपमा उच्च प्रदर्शन गरेपछि रियलले रोड्रिग्वेजलाई फ्रान्सेली क्लब मोनाकोबाट ६३ मिलियन पाउन्डमा अनुबन्धित गरेका थिए । हामेस त्यसपछि २०१७ मा बायर्न म्युनिखमा लोनमा अनुबन्धित भएका थिए । दुवै क्लबमा त्यसबेला एन्चेलोटि प्रशिक्षक थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]