5 years ago
September 9, 2020
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान र स्टार ग्यारेथ बेलबीच छलफल हुने सम्भावना रहेको बताइएको छ । रियलले गत सिजन ला लिगा उपाधि जित्दा जिदानले बेललाई खासै मौका दिएनन् ।

रियलका कति खेलाडी अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय टोलीका साथमा छन् । त्यस्तै अनुसार बेल पनि वेल्स टिमका साथ रहेका छन् । त्यहाँबाट फर्केपछि उनले प्रशिक्षक जिदानसँग आफ्नो भविष्यका विषयमा छलफल गर्ने आशा गरिएको छ ।
बेल बुधबार टोलीको अभ्यासमा फर्केने अपेक्षा गरिएको छ । जिदान भने बेलप्रति खासै सकारात्मक देखिदैनन् । यदि उनीहरुका बीचमा नयाँ सिजनका लागि सकारात्मक छलफल भएन भने सायद बेलले अन्य क्लबको बाटो रोज्न पनि सक्नेछन् । पछिल्लो सिजन उनले रियलका लागि २२ खेल खेल्दै २ गोल गरेका थिए ।
सन् २०१३ मा रियल म्याड्रिड आएका बेल त्यसबेला विश्व कीर्तिमानी रकममा स्पेनी टोलीमा आबद्ध भएका थिए । उनलाई पछिल्लो समय पूर्व क्लब टोटेनहम हट्सपरले पनि अनुबन्ध गर्ने इच्छा देखाएको छ । तर बेलले हाल रियलमा बुझ्दै आएको तलब टोटेनहमले दिन सक्ने अवस्था छैन । अन्य क्लबले पनि उनको तलबलाई मुख्य कारण देखाइरहेका छन् ।
यसअघि जनवरीमा चिनियाँ क्लबले बेललाई अनुबन्ध गर्न चाहेको थियो । बेल सम्झौताबारे अन्तिम छलफलका लागि चीन पुगेर पनि जिदानको मागअनुसार फर्केका थिए । तर जिदानले उनलाई पर्याप्त अवसर नदिएपछि बेल पुन: क्लब छाड्ने स्थितिमा पुगेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]