default_image

5 years ago

September 9, 2020

फ्रिकिकमा गोल गर्दै रोनाल्डोद्वारा १ सय गोल पूरा

301 views

0 Bookmark

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोलको दुर्लभ आँकडा पार गरेका छन् ।

यूईएफए नेसन्स लिग अन्तर्गत स्वीडेनविरुद्ध जारी खेलमा रोनाल्डोले खेलको ४५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । रोनाल्डोले झन्डै २५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै पोर्चुगलको जर्सीमा १ सयौं गोल गरे ।

अघिल्लो खेल चोटका कारण गुमाएका रोनाल्डोले यस खेलमा भने सुरुवाती रोजाईमा खेलेका थिए । खेलमा पोर्चुगलले दबाब कायम गरेपनि अग्रता लिन पहिलो हाफको अन्तिम मिनेटसम्म कुर्नुपर्यो । ४४ औं मिनेटमा स्वीडेनका गुस्टाभ स्वेनसनले जोआओ मोउटिन्होलाई लडाएपछि रेफ्रीले उनलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए ।

रोनाल्डोले त्यसै फलमा प्राप्त फ्रिकिकलाई टप कर्नरमा गोल गर्दै पहिलो हाफमा १-० को अग्रता दिलाए । त्यसअघि स्वेनसनले १४ औं मिनेटमा ब्रुनो फर्नान्डेसलाई फल गरेपछि रेफ्रीले पहेंलो कार्ड दिएका थिए ।

गोलको भिडियो :

यो पनि हेर्नुहोस : रोनाल्डोको सयौं गोलको खुसी (फोटोफिचर)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.