default_image

5 years ago

September 9, 2020

रोनाल्डो चम्कँदा पोर्चुगलको सहज जित

282 views

0 Bookmark

एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत दोस्रो खेलमा मंगलबार स्वीडेनलाई पराजित गरेको छ ।

स्वीडेनस्थित फ्रेन्ड्स एरिनामा रोनाल्डोले दुई गोल गर्दा पोर्चुगलले २-० को सहज जित दर्ता गरेको हो । रोनाल्डोले खेलको दुवै हाफमा १-१ गोल गरेका थिए । रोनाल्डोले खेलको ४५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । रोनाल्डोले झन्डै २५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै पोर्चुगलको जर्सीमा १ सयौं गोल पूरा गरे ।

अघिल्लो खेल चोटका कारण गुमाएका रोनाल्डोले यस खेलमा भने सुरुवाती रोजाईमा खेलेका थिए । खेलमा पोर्चुगलले दबाब कायम गरेपनि अग्रता लिन पहिलो हाफको अन्तिम मिनेटसम्म कुर्नुपर्यो । ४४ औं मिनेटमा स्वीडेनका गुस्टाभ स्वेनसनले जोआओ मोउटिन्होलाई लडाएपछि रेफ्रीले उनलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए ।

रोनाल्डोले त्यसै फलमा प्राप्त फ्रिकिकलाई टप कर्नरमा गोल गर्दै पहिलो हाफमा १-० को अग्रता दिलाए । त्यसअघि स्वेनसनले १४ औं मिनेटमा ब्रुनो फर्नान्डेसलाई फल गरेपछि रेफ्रीले पहेंलो कार्ड दिएका थिए । फ्रिकिकमा रोनाल्डोले पोर्चुगलका लागि गरेको यो नवौं गोल थियो ।

दोस्रो हाफको ७२ औं मिनेटमा रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे । जोआओ फेलिक्सको पासलाई नियन्त्रणमा लिँदै रोनाल्डोले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट सुन्दर गोल गरे । रोनाल्डोको प्रहारलाई गोलरक्षक ओल्सेनले बचाउने कुनै अवसर पाएनन् ।

त्यसअघि दोस्रो हाफमा ब्रुनो फर्नान्डेसको प्रहार क्रसबारमा लाग्दा पोर्चुगलले अग्रता बढाउने अवसर गुमाएको थियो । रोनाल्डो ८० औं मिनेटमा डिओगो जोटालाई स्थान दिँदै मैदान छाडेका थिए । ८५ औं मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहार पोस्टबाट थोरैले बाहिरिँदा फेलिक्सको प्रयास पनि खेर गयो । लगत्तै फेलिक्सको प्रहारलाई ओल्सेनले उत्कृष्ट बचाउ गरे ।

यस जितसँगै पोर्चुगलले समूह ए ३ मा शीर्षस्थानमा कायम रहेको छ । पहिलो खेलमा पोर्चुगलले क्रोएसियालाई ४-१ ले हराएको थियो । अर्को खेलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराएपनि गोलअन्तरमा पोर्चुगलले फ्रान्सलाई उछिनेको हो । पोर्चुगल र फ्रान्सको ६-६ अंक रहँदा क्रोएसिया र स्वीडेन अंकविहिन छन् ।

यो पनि : रोनाल्डोको सयौं गोलको खुसी (फोटोफिचर)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.