default_image

5 years ago

September 9, 2020

एमबाप्पेबिनै फ्रान्सको सानदार जित

192 views

0 Bookmark

एजेन्सी – सुपरस्टार युवा फरवार्ड केलियन एमबाप्पेविनै विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा विश्व उपविजेता क्रोएसियामाथि सानदार जित हात पारेको छ ।

कोरोना संक्रणमका कारण एमबाप्पे टोलीमा नरहेपनि फ्रान्सले घरेलु मैदानमा क्रोएसियामाथि ४–२ को पूनरागमन जित हात पारेको हो । २०१८ मा रसियामा भएको विश्वकपको फाइनलमा पनि फ्रान्सले ४–२ कै जित निकाल्दै विश्व च्याम्पियन बनेको थियो ।

फ्रान्सको जितमा एन्टोइन ग्रिजमन, डायोट उपमेकानो र ओलिभर जिरुउडले गोल गरे । एक गोल उपहार पाएको थियो । क्रोएसियाका डिजान लोभरेन र जोसिप ब्रेकालोले गोल गरे ।

स्टेट डि फ्रान्स पेरिसमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली क्रोएसियाले खेलको १७औं मिनेटमा डिजान लोभरेनको गोलबाट अग्रता बनाएको थियो । कर्नरबाट आएको बललाई फ्रान्सका डिफेन्डरले हेडमार्फत क्लियर गर्ने प्रयास गरेपनि क्लियर हुन नसकेको बललाई लोभरेनले नियन्त्रणमा लिदै एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।

२५औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले क्रोएसियाको प्रहारलाई ब्लक गर्दै अर्काे गोल टारे । ३३औं मिनेटमा एन्टोइन ग्रिजमनको प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले उत्कृष्ट बचाउ गर्दा फ्रान्स बराबरीबाट चुक्यो ।

४३औं मिनेटमा ग्रिजमनले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए । एन्थोनी मार्सियलबाट फर्लान्ड मेन्डी हुदै विसाम विन यडरबाट मार्सियललाई नै आएको पासलाई ग्रिजमनले जाली चुमाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले आत्मघाती गोल गरेपछि फ्रान्सले खेलमा २–१ को अग्रता लिन सफल भयो । विसाम विन यडरको लो क्रसलाई मार्सियलले गरेको प्रहार क्रोएसियाका गोलरक्षकलाई लाग्दै गोलमा परिणत भएको थियो ।

५५औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । माटियो कोभासिसको पासमा जोसेप ब्रेकालोले आफसाइड बिट ट्रयाप गर्दै पेनाल्टी बक्सबाट दुई डिफेन्डर मेन्डी र लेङ्लेटलाई पबट गर्दै गरेको प्रहारले पोस्टको दशा लिएको थियो । त्यसको १० मिनेटपछि एन्टोइन ग्रिजमनको कर्नरमा डायोट उपमेकानोले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई ३–२ ले अघि बढाए ।

७७औं मिनेटमा ओलिभर जिरुउडले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई ४–२ को पूनरागमन जित दिलाए । मार्सेलो ब्रोजोभिकले पेनाल्टी बक्समा विपक्षी खेलाडीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा जिरुउड चुकेनन् । ८९औं मिनेटमा निकोलो भ्लासिकको प्रहार पोस्टमा लागेर फर्कदा क्रोएसिया गोलअन्तर घटाउनबाट चुक्यो ।

यस जितसँगै फ्रान्स लिग ‘ए’ ३ मा अपराजित रहँदै ६ अंक जोडेर शीर्ष स्थानमा छ । अपराजित नै रहेको पोर्चुगल लगोलअन्तरमा अगाडि छ । स्वीडेन र क्रोएसियाले अंकको खाता खोल्न सकेका छैनन् ।

यही समूहको अर्काे खेलमा पोर्चुगलले स्वीडेनमाथि २–० को सहज जित हात पारेको थियो ।पोर्चुगलको जितमा दुवै गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरेका थिए । यससँगै रोनाल्डोले राष्ट्रिय टोलीबाट १०० गोलको आँकडा पार गरेका छन् । उनले १०१ गोल पुरा गरेका छन् ।

राष्ट्रिय टोलीबाट १०० गोल पुरा गर्ने उनी दोस्रो खेलाडी हुन् । उनीभन्दा अघि इरानका अली दाई रहेका छन् । अली दाईले (१०९) गोल गरेका छन् । रोनाल्डो अली दाईको कीर्तिमान भेट्टाउने लक्ष्यमा रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.