5 years ago
September 9, 2020
एजेन्सी – युइएफए नेसन्स लिगको समूह चरणको दोस्रो खेलमा बेल्जियमले आइसल्यान्डमाथि फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा १ गोलले पछि परेपनि बेल्जियमले आइसल्यान्डमाथि ५–१ को सानदार जित हात पारेको हो ।

बेल्जियमको जितमा इंग्लिस क्लब चेल्सीका फरवार्ड मिचे बात्सुयाईले दुई तथा एक्सेल विस्टेल, ड्रिएस मेर्टिन्स र जेरेमी डोकुले समान एक गोल गरे । आइसल्यान्डका होल्मबर्ट एरोन फ्रिडजोन्सनले गरेको गोल सान्त्वना बन्यो ।
ब्रुसेसमा मंगलबार राति भएको खेलमा बल पोजेसनमा सुरुवात देखि नै पकड बनाएपनि बेल्जियमले खेलको ११औं मिनेटमा गोल खान पुगेको थियो । बिर्किर बिजारसनको पासमा होल्मबर्ट एरोन फ्रिडजोन्सनले गोल गरेका थिए । तर आइसल्यान्डको त्यो अग्रता दुई मिनेट पनि टिकेन १३औं मनेटमा एक्सेल विस्टेलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

१६औं मिनेटमा मिचे बात्सुयाईले गोल गरेपछि बेल्जियमले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । ५०औं मिनेटमा कप्तान केभिन डि ब्रुयनको पासमा ड्रिएस मेर्टिन्सले गोल गर्दै खेललाई ३–१ को आरामदायी स्थितिमा ल्याए ।
६९औं मिनेटमा मिचे बात्सयाईले व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियम खेलमा ४–१ ले अघि बढ्यो । उनले यारी भर्सचाइरेनको पासमा गोल गरेका थिए । ७९औं मिनेटमा जेरेमी डोकुले कप्तान ब्रुयनकै पासमा गोल गरेपछि बेल्जियमले ५–१ को फराकिलो जित दर्ता गर्न सफल भयो ।

नेसन्स लिगमा बेल्जियमको यो लगातार दोस्रो जित हो । यसअघि बेल्जियमले डेनमार्कलाई २–० ले हराएको थियो । जितसँगै लिग ‘ए’ २ मा अपराजित रहेको बेल्जियम २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
अपराजित नै रहेको इंग्ल्यान्ड ४ अंक जोडेर दोस्रो तथा १ अंक जोडेर डेनमार्क तेस्रो तथा अंकविहीन आइसल्यान्ड पुछारमा छ । यही समूहको अर्काे खेलमा डेनमार्क र इंग्ल्यान्डलाई गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
अन्य नतिजा :
सी २ :अर्मेनियाविरुद्ध इस्टोनिया (२–०), जर्जियाविरुद्ध नर्थ मासेडोनिया (१–१)
ए २: बेल्जियमविरुद्ध आइसल्यान्ड (५–१), डेनमार्कविरुद्ध इंग्ल्यान्ड (०–०)
ए ३: फ्रान्सविरुद्ध क्रोएसिया (४–२), स्वीडेनविरुद्ध पोर्चुगल (०–२)
सी १: साइप्रसविरुद्ध अजरवैजान (०–१), लक्जेमवर्गविरुद्ध मोन्टेनेग्रो (०–१)
डी २: सान मारिनोविरुद्ध लेचेस्टाइन (०–२)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]