default_image

5 years ago

September 9, 2020

इंग्ल्यान्डको निराशाजनक बराबरी

146 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिगमा इंग्ल्यान्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । इंग्ल्यान्ड घरेलु टोली डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको हो ।

यो बराबरीले इंग्ल्यान्डले लिग ‘ए’ २ मा शीर्षस्थानमा रहेको बेल्जियमसँगको अंक दुरी बराबरी गर्ने अवसरसमेत गुमाएको छ । समान दुई खेलबाट अपराजित रहेको बेल्जियम ६ अंक जोडेर शीर्षस्थानमा रहँदा अपराजित नै रहेको इंग्ल्यान्ड ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । डेनमार्क १ अंक जोडेर तेस्रो स्थानमा रहँदा अंकविहीन आइसल्यान्ड पुछारमा छ ।

तेलिया पार्केन कोपेनहेगनमा मंगलबार राति भएको खेलमा पाहुना टोली इंग्ल्यान्डले बल पोजेसनमा पकड बनाएपनि डेनमार्कको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । घरेलु टाली डेनमार्कले बेला बेलामा आक्रमण बुनेको थियो । ३७औं मिनेटमा घरेले टोलीका कास्पर डोलवर्गको प्रहारलाई इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले बचाए ।

८१औं मिनेटमा युसुफ पउलसेनको पासमा कप्तान क्रिस्टियन इरिक्सनको भली प्रहार बारबाट थोरै बाहिरिदा डेनमार्क अग्रता लिनबाट चुक्यो । इन्ज्युरी समयमा डेनमार्कका डिफेन्डरबीच तालमेल नमिल्दा कप्तान ह्यारी केनले गरेको प्रहारलाई डेनमार्कका गोलरक्षक कास्परले विफल पारेपनि रिवाउन्डमा म्याथियस जोर्गेन्सेनले क्लियर गर्दै सम्भावित गोल टारे ।

त्यसपछि पनि गोल निस्कन नसक्दा दुवै टोली अंक बाड्न बाध्य बन्यो । यही समूहको अर्काे खेलमा बेल्जियमले आइसल्यान्डमाथि ५–१ को सानदार जित हात पारेको छ । बेल्जियमको फराकिलो जितामा मिचे बात्सुयाईले दुई तथा तथा एक्सेल विस्टेल, ड्रिएस मेर्टिन्स र जेरेमी डोकुले समान एक गोल गरे । आइसल्यान्डका होल्मबर्ट एरोन फ्रिडजोन्सनले गरेको गोल सान्त्वना बन्यो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.