5 years ago
September 9, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनले प्रोफेसनल फुटबलर्स एसोसियस (पिएफए) बर्ष खेलाडीको अवार्ड जितेका छन् ।

डि ब्रुयनले गत बर्षको विजेता भर्जिल भ्यान डाइक, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, साडियो माने, जोर्डन हेन्डरसन र आफ्नै टोलीका साथी रहेम स्ट्रलिङलाई पछि पार्दै यो उपाधी हात पारेका हुन् । पीएफए स्थापना भएदेखि यो पुरस्कार जित्ने उनी पहिलो म्यानचेस्टर सिटीका खेलाडी हुन् ।
२९ बर्षिय डि ब्रुयनले अवार्ड हात पारेसँगै सिटीका व्यवस्थापक पेप ग्वार्डिओलालाई अवार्ड जित्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । ‘यो निकै ठूलो सम्मान हो । आफ्नै सहयात्री र अन्य टोलीका प्रतिस्पर्धीहरू जोसँग म सँधै मैदानमा खेल्छु, उनीहरुले नै मतदान गर्दै जिताउदा निकै आश्चर्यजनक हुने गर्छ,’ ब्रुयनले भने, ‘यो अनौंठो कुरा हो कि म पहिलो सिटी खेलाडी हुँ जसले यो उपाधि हात पारेको छ । उो अवार्ड हात पार्दा खुशी छु ।’

लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले पुरुषतर्फको युवा बर्ष खेलाडीको अवार्ड तथा म्यानचेष्टर युनाइटेडका मार्कस रासफोर्डले पीएफए मेरिट अवार्ड हात पारे ।
अघिल्लो दुई संस्करण लिभरपुलका भर्जिल भान डाइक र मोहमद सालाहले जितेका थिए । डी ब्रुयनले गत सिजन सिटीका लागि २० गोलको अवसर सिर्जना गर्नुका साथै १३ गोल गरेका थिए । बेथ इङ्ल्याण्डले महिला बर्ष खेलाडीको अवार्ड हात पारिन् । उनले चेल्सीलाई वुमन्स सुपर लिग र लिग कपको उपाधि जिताउन मद्दत गरेकी थिइन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]