5 years ago
September 9, 2020
एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर इस्कोले नयाँ सिजनको सुरुवातको पहिलो खेल गुमाउने सम्भावना बढेको छ ।

प्रशिक्षणका दौरान चोट लागेपछि सेप्टेम्बर २० मा हुने रियल सोसिडाडविरुद्धको खेल उनले गुमाउने सम्भावना रहेको बताइएको छ । मंगलबार टोलीका अन्य खेलाडीसँग अभ्यास गर्ने क्रममा इस्कोको गोलीगाँठा मर्केको हो । चोट कारणले उनी कम्तीमा १० दिन मैदान बाहिर रहने सम्भावना छ । त्यसकारणले उनी रियले एरिनामा हुने टोलीको पहिलो खेलका लागि तयार हुने सम्भावना कम छ ।
स्पेनिस अन्तर्राष्ट्रियले त्यसपछि अर्को साता रियल बेटिसविरुद्ध हुने खेलका लागि भने तयार हुने आशा गरिएको छ । यसबीच, जिनेदिन जिदानको टोलीले प्रि सिजनअन्तर्गत रियो भालेकानो र गेटाफेसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।
इस्को पछिल्लो समय चोटका कारण लगातार राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । स्पेनको राष्ट्रिय टोलीमा पनि इस्कोले स्थान बनाउन सकेका छैनन् । अर्को वर्ष हुने युरोका लागि उनले आफ्नो दाबी प्रस्तुत गर्ने बुझिएको छ । त्यसका लागि रियल म्याड्रिडबाट नियमित स्थान बनाउन चुनौती रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]