default_image

5 years ago

September 9, 2020

रियल म्याड्रिड र रायोबीचको खेल रद्द

188 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिड र रायो भालेकानोबीच तय मैत्रीपूर्ण खेल कोरोना भाइरसका रद्द भएको छ । नयाँ सिजनको तयारीका लागि बुधबारका लागि मैत्रीपूर्ण खेल तय थियो ।

रायोका एक खेलाडीको पिसिआर परिक्षणको नतिजा आइनसकेका कारण खेल रद्द गरिएको बताएको छ । स्वास्थको मामलामा जोखिन उठाउनु भन्दा खेल रद्द गर्नका लागि दुवै क्लब सहमत भएको बताइएको छ । पिसिआरको नजिता बुधबार बिहानसम्म पनि थाहा नभएको र बाँकी केहि घन्टा जानकारी नहुने भएपछि खेल रद्द गरिएको हो ।

मैत्रीपूर्ण खेल बन्द रंगशालामा सञ्चारमाध्यम विना खेलाउने योजना थियो । खेल हुने समय नजिकिंदा पनि खेल हुने नहुने अन्यौल रहेकाले दुवै क्लबले खेल रद्द गर्ने सहमति गरेका हुन् । प्रशिक्षक जिदानले अन्तर्राष्ट्रिय खेलमा आबद्ध खेलाडीबिना नै अन्य खेलाडीलाई मौका दिने सोचेका थिए ।

जिदानले अर्को सिजनको तयारीस्वरूप युथ टोलीका केहि खेलाडीलाई पनि मैत्रीपूर्ण खेलमा सहभागी गर्ने योजना बनाएका थिए । उनले सिनियर र युवा खेलाडीको मिश्रण गरेर दुवै हाफमा फरक टोली उतार्ने लक्ष्य राखेका थिए ।

ला लिगा च्याम्पियन रियलले आफ्नो पहिलो खेल सेप्टेम्बर २० मा खेल्ने छ । रायोले भने स्पेनिस लिगको दोस्रो श्रेणीमा आफ्नो पहिलो खेल आइतबार रियल मार्लोकासँग प्रतिस्पर्धा गर्नेछ । मालोर्का अघिल्लो सिजन रेलिगेसनमा परेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.