default_image

5 years ago

September 9, 2020

युभेन्ट्समा रोनाल्डोपछि डिबाला बढी कमाउने

217 views

0 Bookmark

एजेन्सी – इटालियन सिरि ए च्याम्पियन युभेन्ट्स फरवार्ड पाउलो डीबालासँग नयाँ सम्झौताको नजिक रहेको बताइएको छ । उनी टोलीका महत्त्वपूर्ण खेलाडी मध्येका एक हुन् ।

टोलीको च्याम्पियन्स लिग जित्ने अभियानका लागि उनी महत्त्वपूर्ण खेलाडीका रुपमा हेरिएका छन् । युभेन्ट्सका खेलकुद निर्देशक फाबियो पाटाटिकी र डेबालाका एजेन्ट जर्ज अन्टुनबीचको छलफल पछि नयाँ सम्झौताको नजिक पुगिएको बताइएको छ । नयाँ सम्झौता ५ वर्षको हुने बुझिएको छ ।

सम्झौता नविकरणपछि आन्द्रे पिर्लोको टोलीमा डिबाला दोस्रो सर्वाधिक आम्दानी गर्ने खेलाडी बन्नेछन् । टोलीमा क्रिस्टियानो रोनाल्डोले सर्वाधिक पारिश्रमिक लिँदै आएका छन् । यसअघि प्रशिक्षक मौरीजियो सार्रीले सिजनको सुरुवातमा डिबाला आफ्नो योजनामा नरहने संकेत दिँदै उनलाई बेच्न खोजेका थिए । तर डिबालाले सिजनभर राम्रो प्रदर्शन गरे ।

नयाँ सम्झौता अनुसार डीबालाले सिजनमा ७ मिलियन युरो प्राप्त गर्नेछन् । बोनससहित गरेर उनले बार्षिक १० मिलियन युरो सम्म प्राप्त गर्ने सम्भावना रहन्छ । यस सम्झौतासँगै उनी टोलीमा सर्वाधिक तलब लिने सूचिको दोस्रो स्थानमा हुनेछन् । रोनाल्डोले सर्वाधिक ३१ मिलियन युरो बुझ्ने गरेका छन् । डिफेन्डर म्याथिस डे लिग्टले वार्षिक ६.५ मिलियन युरो बुझ्दै आएका छन् ।

नयाँ सम्झौतामा डिबालाले हाल बुझिरहेको ५ मिलियन युरोमा उल्लेख्य वृद्धि हुँदैछ । अर्जेन्टिनी फरवार्ड डिबालाले आफ्नो भविष्य युभेन्टसमा नै समर्पित गरेपछि अन्य टोलीको इच्छामा पनि पूर्णविराम लागेको छ ।

म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन, रियल म्याड्रिडले नयाँ सिजनमा भित्राउने इच्छा देखाएपनि युभेन्ट्सले उनलाई विक्री गर्न चाहेन । गत सिजन टोटेनहमसँग क्लबले सहमति गरेपनि यसपटक भने इंग्लिस टोलीले उनलाई भित्र्याउने योजना अगाडि सारेको थिएन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.