default_image

5 years ago

September 9, 2020

रोनाल्डोलाई चौतर्फी प्रशंसा

308 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गरेका पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई विश्व फुटबलका महान हस्तीहरुले प्रशंसा गरेका छन् ।

रोनाल्डोले स्वीडेनविरुद्ध मंगलबारको खेलमा दुई गोल गरेका थिए । रोनाल्डोले पहिलो हाफको ४५ औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै पोर्चुगलको जर्सीमा १ सयौं गोल पूरा गरेका थिए । रोनाल्डोले दोस्रो हाफमा समेत गोल गर्दै टोलीलाई २-० को जित दिलाएका थिए ।

रोनाल्डो १ सय गोल पूरा गर्ने दोस्रो पुरुष खेलाडी हुन् । उनी अब सर्वाधिक गोलकर्ता सुचिमा इरानका अली दाइभन्दा ८ गोलले पछाडी छन् । दाइले आफ्नो करिअरमा १ सय ९ गोल गरेका थिए । रोनाल्डोले १ सय गोलको आँकडा पार गरेसँगै उनलाई विश्व फुटबलका महान खेलाडीले बधाई संदेश दिएका छन् ।

ब्राजिलियन फरवार्ड पेलेले रोनाल्डोलाई लेखेका छन्, ‘मैले आज १ सय गोलको खुसी मनाउने सोचेको थिएँ । तर १ सय १ गोल हुन पुग्यो । बधाई छ क्रिस्टियानो, अझै धेरै सफलता हासिल गर्दै जानु ।’

इंग्ल्यान्डका फरवार्ड ग्यारी लिनेकरले भने, ‘पोर्चुगलका लागि १ सय गोल गरेका क्रिस्टियानोलाई बधाई छ । एक उत्कृष्ट खेलाडीले हासिल गरेको सानदार सफलता । उत्कृष्ट खेल ।’

ब्राजिलियन डिफेन्डर मार्सेलोले लेखेका छन्, ‘मलाई फुटबलले दिएको दाजु-भाइको सम्बन्ध । म यहाँ राष्ट्रिय टोलीका लागि १ सय गोलको बधाई दिन पाउँदा निकै खुसी छु । मलाई थाहा छ राष्ट्रिय टोलीका लागि तिमीले गरेको मिहिनेत, र यसलाई आउने दिनमा पनि जारि राख्नेछौ ।’

पोर्चुगलका पूर्व खेलाडी डेकोले भने, ‘यो दुर्लभ सफलता तिमीजस्तो सानदार खेलाडीले राखेको छ । कीर्तिमान तोड्न माहिर रोनाल्डो । यो एक अजंगको खेलाडीको करिअरमा सदाबहार क्षण हुनेछ ।’

यस्तै रियल म्याड्रिडका पूर्व कप्तान इकार कासिलासले पनि रोनाल्डोलाई १ सय गोल पूरा गरेकोमा बधाई दिए । रियल म्याड्रिड तथा ब्राजिलका पूर्व डिफेन्डर, इंग्ल्यान्डका पूर्व खेलाडी रियो फर्डीनान्डले पनि रोनाल्डोलाई बधाई दिएका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.