default_image

5 years ago

September 10, 2020

बेल रियल फर्केपनि अभ्यासमा सामेल भएनन्

141 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय जिम्मेवारी निर्वाह गरेर फर्केका रियल म्याड्रिडका गेराथ बेल बुधबार क्लबको प्रशिक्षणमा भने सामेल हुन सकेनन् । घुँडामा समस्या देखिएपछि उनीले टोलीका अन्य खेलाडीका साथ अभ्यास नगरेको बताइएको छ । उनले जिममा भने समय बिताएका थिए ।

नेसन्स कपमा आइतबार वेल्सले बुल्गेरियलाई १–० ले हराउँदा बेल पनि विजयी टोलीमा थिए । तर, फर्केर आउँदा घुँडामा उनले केहि असहज महसुस गरेको बताइएको छ । यद्दपी, उनलाई गम्भीर चोट भने नलागेको जनाइएको छ ।

बेल अझै पनि क्लबसँग बसेर आफ्नो भविष्यका बारेमा छलफल गर्न चाहिरहेको बताइएको छ । क्लबमा उनको भविष्यका बारेमा अझै निश्चित नरहेको बताइएको छ । जिनेदिन जिदान दोस्रो पटक क्लबको प्रशिक्षकका रुपमा फर्कदा बेल सँग उनको सम्बन्ध भने राम्रो हुन सकेको छैन ।

गत सिजन रियलले ला लिगा जित्दा पनि जिदानले उनलाई धेरै प्रयोग गरेनन् । आउने सिजनमा पनि उनी प्रति जिदान सकारात्मक नरहेको अनुमान गरिएको छ । यसैबीच, जिदानले पनि नयाँ सिजनका लागि तयारी थालिसकेका छन् । केहि खेलाडी अझै टोलीमा फर्कन बाँकी छ ।

अन्तर्राष्ट्रिय विश्राम रहेका इडन हाजार्ड, लुका जोभिच, राफेन भेरान र फेरल्यान्ड मेन्डी केहि दिनमा टोलीमा आबद्ध हुनेछन् । नयाँ सिजनको पहिलो खेल रियलले सेप्टेम्बर २० खेल्ने छ । त्यसअघि टोली एउटा मैत्रीपूर्ण खेल खेल्ने तयारी छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.