5 years ago
September 10, 2020
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का गोलरक्षक अलफोन्स एरिओला इंग्लिस प्रिमियर लिग क्लब फुलहममा अनुबन्धित भएका छन् ।

फुलहमले २७ वर्षीय एरिओलालाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । सम्झौतामा अर्काे वर्ष स्थायी रुपमा राख्न सक्ने प्रावधान पनि रहेको छ । सम्झौतापछि एरिओलाले स्कट पार्करको टोलीमा समावेश हुन पाँउदा खुसी लागेको बताएका छन् । प्रशिक्षक स्कट पार्करको अनुरोधमा आफु आएको र पार्करले आफुलाई नै चाहेको उनले थपे ।
‘फुलहम लन्डनको एक ऐतिहासिक क्लब हो । मैले स्टेडियमको बारेमा धेरै कुरा सुनेको छु । मलाई आशा छ यो सिजन हाम्रो लागि राम्रो हुनेछ । म आफ्नो पुरानो फर्म फर्काउने प्रयास गर्नेछु । यो टोलीलाई उच्च स्थानमा राख्न आफ्नो सम्पुर्ण शक्ति खर्चनेछु,’ अनुबन्ध भएपछि गोलरक्षक एरिओलाले भने ।
क्लब फुटबल निर्देशक टोनी खानले अलफेन्सो एक अनुभवी र उच्च स्तरको गोलरक्षक रहेको र फुलहममा उनको अनुभवले पनि काम गर्ने बताएका छन् । सन् २०१८ देखि फ्रान्सेली टोलीमा रहेका एरिओलाले पीएसजीबाट १०७ क्याप जितेका छन् । २०१२ देखि पीएसजीको सिनियर टोलीमा रहेका एरिओलाले लेन्स, बास्टिया, भिल्लारियल र रियल म्याड्रिडबाट लोनमा खेलिसकेका छन् ।
रियलले गत सिजन स्पेनिस ला लिगाको उपाधि जित्दा एरिओला टोलीका सदस्य रहेका थिए । रियलमा पहिलो रोजाईका थिवाउट कोर्टुवा रहँदा उनले मात्रै ९ खेलमा अवसर पाएका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]