default_image

5 years ago

September 10, 2020

च्याम्पियन्स लिग ड्र अक्टोबरमा

188 views

0 Bookmark

एजेन्सी – युरोपियन क्लब फुटबलको नयाँ सिजन २०२०/२१ सुरु भइसकेको छ । यसैबीच यूईएफएले पनि च्याम्पियन लिग, युरोपा लिग र अवार्डको मिति सार्वजनिक गरेको छ ।

अक्टुबर १ र २ मा नयाँ सिजनको च्याम्पियन्स लिग र युरोपा लिगको खेल तालिका सार्वजनिक हुने भएको छ । यसअघि ग्रिसको एथेन्समा समूह चरणको खेल तालिका र अवार्ड कार्यक्रम गर्ने भनिए अब स्विटजरल्यान्डको नियोनस्थित युइएफएकै मुख्यालयमा हुने भएको छ ।

एक दिनको फरकमा च्याम्पियन्स लिग र युरोपा लिगको समूह चरणको खेलतालिका सार्वजनिक गर्नुका सार्थ २०१९/२० का उत्कृष्ट खेलाडी र प्रशिक्षकको अवार्ड पनि प्रदान गरिएको छ । विश्वव्यापी रुपमा कोभिड १९ को महामारी यथावत रहेकोले जनस्थास्थलाई ध्यानमा राख्दै कार्यक्रम एथेन्समा नगर्ने विषयमा ग्रिसका अधिकारी सहमत भएको युइएएफलेले जनाएको छ ।

ठूलो संख्यामा अतिथि र प्रतिनिधि एकै ठाँउ जम्मा हुने अवस्था अझै नरहेका कारण कार्यक्रम बन्द कोठामा सिमित व्यक्तिहरुको उपस्थितिमा हुने भएको छ । खेल तालिका र अवार्डको प्रत्यक्ष प्रसारण गरिनेछ । कार्यक्रममा अवार्ड विजेताहरुको उपस्थिति रहने तर विगतझैं सबै क्लबका प्रतिनिधि र सञ्चारमाध्यमका प्रतिनिधि भने रहने छैनन् ।

खेल तालिका च्याम्पियन्स लिगको अक्टुबर १ र युरोपा लिगको अक्टुबर २ मा हुनेछ । ग्रिस अधिकारीलाई धन्यवाद दिदै यूईएफले भविष्यमा त्यस्तै कार्यक्रम आयोजना गर्ने वचन दिएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.