default_image

5 years ago

September 10, 2020

रोनाल्डोले जर्जिनालाई विवाह प्रस्ताव गरेको चर्चा

208 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डो विभिन्न कारणले चर्चामा रहने फुटबल हुन् । यसै साता उनले सयौैं अन्तर्राष्ट्रिय गोल पुरा गरेका थिए ।

त्यो उपलब्धीका लागि पोर्चुगिज सुपर स्टार रोनाल्डोलाई पूर्व महान खेलाडी देखि समकालिन खेलाडीले समेत बधाई दिएका छन् । पोर्चुगलका लागि सय गोल पुरा गरेको चर्चा सेलाउन नपाउँदै अर्को कारणले चर्चामा आएका छन् । हालै रोनाल्डोले प्रेमीका जर्जिना रोड्रिग्वेजलाई विवाहका लागि प्रस्ताव गरेको चर्चा चलेको छ ।

अगष्ट २२ मा जर्जिनाले रोनाल्डोको सँगको फोटो सार्वजनिक गर्दै यस भन्दै गुलाफको फूलको इमोजी राखेकी थिइन् । त्यसको अर्थ मानिएको छ, सुपर स्टारले एउटा घुँडा टेकेर विवाहको प्रस्ताव राखेका थिए । केहि सञ्चारमाध्यमले जर्जिनाले आयोजना गरेको एक पार्टी सकिएको केहि समयपछि रोनाल्डोले प्रस्ताव गरेको बताएका छन् ।

त्यसै प्रस्ताव स्वीकार गरेपछि जर्जिनाले फोटो हालेको दाबी रहेको छ । यद्दपी दुवैले अहिले सम्म विवाहका विषयमा केहि बोलेका छैनन् । रोनाल्डो र जर्जिना लामो समयदेखि सँगै रहँदै आएका छन् । सन् २०१६ देखि सँगै रहेका यी दुईको सन् २०१७ मा छोरी एलाना मार्टिनाको जन्म भएको थियो ।

यी दुईको भेट रोनाल्डो रियल म्याड्रिडबाट खेल्दा म्याड्रिड सहरमा भएको थियो । रोनाल्डोको त्यसअघि मोडल इरिना शायकसँग ५ वर्ष प्रेम सम्बन्ध रहेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.