5 years ago
September 10, 2020
एजेन्सी – प्रि सिजनका लागि यसै साता प्रशिक्षणमा फर्केका बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले लगातार अभ्यासमा पसिना बगाइरहेका छन् । बिहीबार टोलीका अन्य खेलाडीले छुट्टी मनाएपनि मेस्सी भने प्रशिक्षणमा व्यस्त रहे ।

अर्जेन्टिनी फरवार्ड अन्य खेलाडी भन्दा एक साता पछि मात्र प्रशिक्षणमा आबद्ध भएका थिए । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित भएको केहि दिनपछि मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरेका थिए । तर क्लबले ७ सय मिलियन युरो रिलिज क्लज तिरेको खण्डमा मात्र जान दिने उल्लेख गरेको थियो ।
क्लबसँग विवादमा जानु भन्दा अर्को एक सिजन क्लबमा बस्ने निर्णय गरेपछि मेस्सी र बार्सिलोनाबीचको विवाद सकिएको थियो । त्यसपछि सोमबारबाट मेस्सी अभ्यासमा सामेल भएका थिए । पिसिआर टेष्टको रिपोर्ट नआउँदा सम्म सुरुको दुई दिन पनि मेस्सीले एक्लै अभ्यास गरेका थिए ।
बुधबार भने उनले टोलीका साथ अभ्यास गरेका थिए । बिहीबार बार्सिलोनाले लगातार प्रशिक्षण गरिरहेका सबै खेलाडीलाई बिदा दिएको थियो । प्रशिक्षक कोम्यानले मेस्सीलाई छुट्टि दिएपनि उनले बिहीबार प्रशिक्षणमा सामेल भए । अन्तर्राष्ट्रिय खेलबाट फर्केका फरवार्ड एन्टोइन ग्रिजमन, सर्जियो बुस्केट्स र क्लेमेन्ट लेंगलेट पनि हल्का प्रशिक्षण गरेका थिए ।
नयाँ सिजनका लागि फिट हुनका लागि ध्यानमा राख्दै मेस्सीले एक्लै पनि अभ्यास गरिरहेका छन् । बार्सिलोनाका खेलाडीले शुक्रबार पुनः पूर्ण अभ्यास गर्नेछन् । बार्सिलोनाले शनिबार जिम्याष्टिक डी टारोगोनासँग मैत्रीपूर्ण खेले खेल्नेछ । मेस्सी त्यो मैत्रीपूर्ण खेलमा उत्रने सम्भावना छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]