default_image

5 years ago

September 11, 2020

चेल्सीका बात्सुयाई पुनः क्रिस्टल प्यालेसमा

165 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीका बेल्जियन फरवार्ड मिचे बात्सुयाई पुनः प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा अनुबन्धित भएका छन् ।

२६ वर्षीय बात्सुयाईले अघिल्लो सिजन पनि क्रिस्टल प्यालेसबाटै लोनमा खेलेका थिए । क्रिस्टलले बात्सुयाईलाई गत जनवरीमा लोनमा अनुबन्धित गरेको थियो । बात्सुयाईलाई अनुबन्ध गर्न वेस्ट ब्रुम, न्युक्यासल, लिड्स युनाइटेड र जर्मन क्लबले चासो देखाएपनि प्यालेसले उनलाई पुनः अनुबन्ध गर्न सफल भएको हो ।

चेल्सीसँगको सम्झौता एक वर्ष नवीकरण गरेसँगै बात्सुयाई पुनः क्रिस्टल प्यालेसमा लोनमा फर्किएका हुन् । सन् २०१६ मा ३३ मिलियन पाउन्डमा चेल्सी आएका बात्सुयाईको सम्झौता अर्काे वर्षसम्म रहेको थियो । चेल्सीले नयाँ सम्झौता नवीकरण गरेसँगै बात्सुयाई अर्काे वर्षपनि फ्रि एजेन्ट नहुने भएका छन् ।

बात्सुयाई चेल्सीमा आएपनि पहिलो रोजाईमा पर्न निकै संघर्ष गरिरहनु परेको छ । उनले पछिल्ला वर्ष जर्मन क्लब बोरुसिया डर्टमुन्ड, स्पेनिस क्लब भ्यालेन्सिया हुँदै क्रिस्टल प्यालेसबाट पनि लोनमा खेलिसकेका छन् ।

५३ मिलियन पाउन्डमा टिमो वेर्नरलाई खरिद गरेको चेल्सीमा ट्याम्मी अब्राहम र ओलिभर जिरुउड पनि छन् । फ्रान्क लाम्पर्डको टोलीमा चौथो फरवार्डको रुपमा रहने भएकाले बात्सुयाई लोनमा गएका हुन् । गत जनवरीमा लोनमा प्यालेस पुगेका बात्सुयाईले १३ खेलमा ६ गोल गरेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.