5 years ago
September 11, 2020
एजेन्सी – अघिल्लो सिजनको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) नयाँ सिजनको पहिलो खेलमै स्तब्ध बनेको छ ।

पहिलो रोजाईका ७ खेलाडीविनै मैदान उत्रिएको पीएसजी नयाँ सिजनको पहिलो खेलमा लेन्ससँग १–० ले स्तब्ध बन्न पुगेको हो । पीएसजीलाई स्तब्ध बनाउन घरेलु टोलीका इग्नाटियस गनागोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पीएसजीका गोलरक्षक मर्सिन बुल्काको गल्तीमा गुनागोले गोल गरेका थिए ।
पहिलो रोजाईका ७ खेलाडी नेयमार, केलियन एमबाप्पे, एन्जल डि मारिया, केलर नाभास, मार्किन्हस, मोउरो इकार्डी र ड्यानियल पाराडेसलाई कोरोना संक्रमण पुष्टि भएपछि पीएसजी दोस्रो रोजाईका खेलाडी लिएर खेल्नु परेको थियो ।

बिहीबार राति भएको खेलमा लेन्सले खेलको १७औं मिनेटमा आक्रमण बुनेको थियो । इग्नाटियस गनागोको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । पीएसजीको सिनियर टोलीबट डेब्यु खेल खेलिरहेका केज रुइज एटिलले २२औं मिनेटमा गरेको प्रहार लेन्सका गोलरक्षकले विफल पारे ।
२८औं मिनेटमा युवा खेलाडीहरु एटिल र अर्नाउड कालीमुइन्डो मुइंगाको समन्वयमा मिलेको पासमा एन्डर हेरेरा चुक्दा पीएसजीले अग्रता लिने अवसर गुमायो । दोस्रा हाफमा पनि पीएसजीले घरेलु टोली लेन्सलाई दवावमा राखेपनि गोलरक्षकको गल्तीमा ५७औं मिनेटमा गोल खान पुग्दा खेलमा १–० ले पछि पर्यो ।
डिफेन्डरले दिएको ब्याक पासमा गोलरक्षक बुल्काले रिलिज गरेको बललाई गुनागोले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । ६२औं मिनेटमा पीएसजीका गोलरक्षक बुल्काले अर्काे सुन्दर बचाउ गर्दै अर्काे गोल टारे । क्लेमेन्ट मिचेलिनलाई दिएको पासलाई गुनागोले क्रस गरेपछिको प्राप्त सिमोन बान्जाको हेडरलाई बुल्काले ब्लक गरेका थिए ।
दोस्रो रोजाईको टोलीले लेन्सविरुद्ध ७८ प्रतिशत बल पोजेसन बनाएपनि फिनिसिङमा चुक्दा पहिलो खेलमै १–० ले स्तब्ध बन्न पुग्यो ।
पीएसजीको अग्रपङ्ति युवा खेलाडी रुइज एटिल, अर्नाउड कालीमुइन्डो मुइंगा र पाब्लो सारावियाले सम्हालेका थिए । मिडफिल्डमा मार्काे भेराट्टी, एन्डर हेरेरा, इड्रिसा गाना गुआइ, रहँदा डिफेन्समा जुआन बेर्नाट, प्रेसनेल केम्पेम्वे, थिलो केरहर र लेभिन कुर्जावा रहेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]