5 years ago
September 19, 2020
एजेन्सी – बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले युवा मिडफिल्डर रिकी पुजलाई उनी आफ्नो योजनामा नरहेको भन्दै क्लब छाड्न सुझाव दिएका छन् ।

कोम्यानले पछिल्लो केहि सातायता प्रशिक्षण र मैत्रीपूर्ण खेलमा पुजको प्रदर्शनबाट प्रभावित हुन नसकेपछि उनलाई अन्यत्र भविष्य खोज्न भनेका हुन् । गत सिजन सिनियर टोलीमा डेब्यु गरेका पुजले किके सेटिनको प्रशिक्षणमा केहि राम्रो प्रदर्शन गरेका थिए । पुज यो सिजन औपचारिक रुपमा सिनियर टोलीमा बढुवा हुने अपेक्षा गरिएको थियो ।
कोम्यानले पुजलाई आफ्नो निर्णय प्रष्ट पारेको क्याटलान रेडियो आरएसी१ले जनाएको छ । शनिबार हुने जोआन गाम्पर ट्रफी अन्तर्गत एल्चेविरुद्ध खेलका लागि पनि पुज टोलीमा समेटिएका छैनन् । बार्सिलोनाले खेलेको पछिल्लो दुई मैत्रीपूर्ण खेलमा पुजको प्रदर्शन औसत रहेको थियो । तर कोम्यानले उनलाई आफ्नो योजनामा नराख्ने निर्णय लिएका हुन् ।
कोम्यानले पहिलो पटक मिरालेम प्यानिचलाई उतार्ने सम्भावना रहेको छ । उनी युभेन्ट्सबाट यसै सिजन क्लबमा अनुबन्ध भएका हुन् । कोरोना संक्रमणका कारण उनले प्रशिक्षणको सुरुवाती साता अनुपस्थित रहेका थिए । उनको आगमनले पनि पुजको आवश्यकता कम भएको हो ।
बार्सिलोनाले अब पुजलाई अन्यत्र क्लबमा स्थायी रुपमा पठाउने वा लोनमा पठाउने निर्णय गर्न बाँकी छ । ला मासियाका उत्पादन पुजलाई बार्सिलोनाको मिडफिल्डको भविष्यका रुपमा हेरिएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]