default_image

5 years ago

September 19, 2020

एभर्टनको फराकिलो जितमा हामेसको गोल

163 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग एभर्टनले दोस्रो चरण अन्तर्गत घरेलु मैदानमा वेस्ट ब्रोमविच आल्बियनमाथि ५-२ को फराकिलो जित दर्ता गरेको छ । एभर्टनको जितमा फरवार्ड डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक तथा हामेस रोड्रीग्वेज र माइकल किनले १-१ गोल गरे ।

खेलको दशौं मिनेटमा नै पाहुना टोली वेस्ट ब्रोमले अग्रता लिँदै एभर्टनलाई स्तब्ध बनाएको थियो । यसै सिजन वेस्ट ह्यामबाट आएका युवा फरवार्ड ग्रेडी डियान्गनाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक जोर्डन पिकफर्डले बचाउने सकेनन् । ३२ औं मिनेटमा एभर्टनले खेल बराबरीमा ल्यायो । वेस्ट ब्रोमका डिफेन्डरले हेडरमा बल क्लियर गर्न नसक्दा आएको रिबाउन्डलाई डोमिनिक काल्भर्ट लेविनले ब्याकहिलमा गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा हामेस रोड्रीग्वेजले गोल गर्दै खेलमा एभर्टनलाई अग्रता दिलाए । रिचार्लीसनको पासलाई हामेसले पेनाल्टी क्षेत्र बाहिरबाट नै गोल गर्न सफल रहे । रियल म्याड्रिडबाट एभर्टन आएको दोस्रो खेलमा नै हामेस गोलको खाता खोल्न सफल रहे ।

अग्रता लिएको एक मिनेटपछि नै वेस्ट ब्रोमका काइरान गिब्स हामेसलाई हातले हानेपछि रातो कार्ड खाँदै बाहिरीए । हाफ सकिएपछि रेफ्रीसँग गरेको व्यवहारका कारण वेस्ट ब्रोमका प्रशिक्षक स्लाभेन बिलीचले पनि रातो कार्ड खाए ।

दश खेलाडीमा सिमित हुनुका बाबजुद वेस्ट ब्रोमले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्कायो । म्याथिअस परेराले ४७ औं मिनेटमा झन्डै ३० यार्ड टाढाबाट फ्रिकिकमा सिधै गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए । तर ७ मिनेटपछि नै एभर्टनका माइकल किनले गोल गरे । रिचार्लिसनको हेडर गोलरक्षक साम जोन्सटनले विफल पारेपनि रिबाउन्डमा किन सफल भए ।

काल्भर्ट लेविनले ४ मिनेटको अन्तरमा दुई गोलका साथ ह्याट्रिक पूरा गर्दै फराकिलो जिततर्फ उन्मुख गराए । ६६ औं मिनेटमा रिचार्लिसनको पासलाई गोलमा परिणत गर्दै लेविनले ४-२ को अवस्थामा पुर्याए । हामेस रोड्रीग्वेजको कर्नरमा हेडर गोल गर्दै लेविनले एभर्टनका लागि पहिलो ह्याट्रिक पूरा गरे ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.