default_image

5 years ago

September 19, 2020

रोनाल्डोले जिते सर्वाधिक गोलकर्ताको अवार्ड

185 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिसटिक्स (आईएफएफएचएस) सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् ।

रोनाल्डोले सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै पाँचौपटक यो अवार्ड जितेका हुन् । रोनाल्डोले यसअघि २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए । ३५ वर्षीय रोनाल्डोले २०१९ मा १० अन्तराष्ट्रिय खेलमा २१ गोल गरेका थिए ।

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले सन् २०२० को सेप्टेम्बर दोस्रो साता मात्रै पोर्चुगलका लागि १०१ अन्तर्राष्ट्रिय गोल पुरा गरेका थिए । उनले १६५ खेलमा शतकीय गोल पुरा गर्दै विश्व फुटबलमा १ सय गोल पुरा गर्ने दोस्रो खेलाडी बनेका थिए । उनीभन्दा अघि इरानका अली दाई १०९ गोल अगाडि रहेको छ ।

२०१९ मा इंग्ल्यान्डका ह्यारी केन (१९), इंग्ल्यान्डकै रहिम स्टर्लिङ (१७) र पोल्यान्डका रोबर्ट लेवान्डोस्की (१६) अन्तर्राष्ट्रिय गोल गरेका थिए । गतवर्ष अल्जेरिया तथा कतारी क्लब अल सादका बागदाद बोउनेदजाहले यो अवार्ड हात पारेका थिए ।

आईएफएफएचएस सर्वाधिक गोलकर्ताको अवार्ड क्लब र देश दुवैको लागि एक क्यालेन्डर वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीलाई प्रदान गर्ने गर्दछ । यसमा महादिपीय प्रतियोगिता (युइएफए च्याम्पियन्स लिग र कोपा लिबर्टाडोरस) का साथै उनीहरुको अन्तर्राष्ट्रिय प्रतियोगितासँगै राष्ट्रिय टोलीबाट गरेको गोललाई गणना गर्ने गरिन्छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.