5 years ago
September 19, 2020
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेल र डिफेन्डर सर्जियो रेगुइलोन लन्डन क्लब टोटेनहम हट्सपरमा अनुबन्धित भएका छन् ।

३१ वर्षीय फरवार्ड बेल पूर्व क्लबमा एक वर्ष लोनका लागि आबद्ध हुन लागेका हुन् । उनलाई क्लबले अर्को एक वर्ष पनि लोनमा राख्ने विकल्प रहेको छ । बेलको वार्षिक ३० मिलियन युरो तलबमा रियल म्याड्रिड र टोटेनहम दुवैले बाडफाड गरेका छन् ।
रेगुइलोनले भने ५ वर्षको लागि क्लबसंग सम्झौता गरेका हुन् । २३ वर्षीय डिफेन्डरलाई अनुबन्ध गर्न टोटेनहमले ३० मिलियन युरो खर्च गरेको बुझिएको छ । गत सिजन सेभिल्लामा खेलेका उनलाई म्यानचेस्टर युनाइटेडले पनि अनुबन्ध गर्न खोजेको थियो । तर दुई क्लबबीच सहमति हुन सकेन ।

टोटेनहमका प्रशिक्षक जोसे माउरिन्हो बेलप्रति सकारात्मक भएकै कारण क्लबका अध्यक्ष ड्यानीएल लेभीले उनीसँगको सम्झौताका लागि प्रयास गरेका थिए । बेलले चोटका कारण पूर्व क्लबमा पुनरागमन खेलका लागि भने प्रतीक्षा गर्नुपर्ने छ । सन् २०१३ मा टोटेनह्यामले रियललाई बेल विक्री गरेको थियो ।
पछिल्लो वर्ष रियलले ला लिगा उपाधि जितेपनि प्रशिक्षक जिनेदिन जिदानसँग बेलको सम्बन्ध खासै राम्रो हुन सकेन । त्यहि कारण पनि उनी क्लब छाड्न चाहिरहेका थिए । जिदान ३१ वर्षे फरवार्डले क्लब छाडे हुने आशय व्यक्ति गरिरहेका हुन्थे । रियलमा रहंदा बेलले ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]