default_image

5 years ago

September 20, 2020

युनाइटेड घरेलु मैदानमै प्यालेससँग पराजित

141 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेससँग ३-१ को हार बेहोरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा डिफेन्सले कमजोर प्रदर्शन गरेपछि युनाइटेड पराजित हुन पुगेको हो । गत सिजन युरोपा लिगको अन्तिम चारसम्म यात्रा तय गरेको युनाइटेडले गत साता विश्राम पाएको थियो । युनाइटेडले नयाँ सिजनको पहिलो खेलमा खराब सुरुवात गरेको थियो ।

खेलको सातौं मिनेटमा नै आन्ड्रोस टाउनसेन्डले जेफ्री स्लपको पासमा गोल गर्दै पाहुना टोलीलाई अगाडी बढाए । युनाइटेडले बल पोसेसनमा पकड जमाएपनि सटिक आक्रमण बुन्न सकेन । दोस्रो हाफमा प्रशिक्षक ओले गनर सोल्सायरले मेसन ग्रिनवुडलाई मैदान उतारेका थिए । तर त्यसका बाबजुद पनि टोलीको आक्रमण फेरिएन ।

प्यालेसले ७४ औं मिनेटमा पेनाल्टीमा अग्रता दोब्बर पार्यो । भिक्टर लिन्डेलफको हातमा बलले लागेपछि भीएआरबाट प्राप्त पेनाल्टीमा जोर्डन आयु चुकेका थिए । तर आयुको प्रहार रोक्ने क्रममा गोलरक्षक डेविड डे हेया पेनाल्टी हान्नुअघि नै लाइनबाट अगाडी आएपछि रेफ्रीले पुन: पेनाल्टी दिएका थिए । त्यसमा विल्फ्रिड जाहाले गोल गर्दै अग्रता दोब्बर पारे ।

युनाइटेडका लागि डेब्यु गरिरहेका डोनी भान डे बिकले ८० औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्काउने संकेत दिए । युनाइटेडले केहि समय राम्रो प्रदर्शन पनि गर्यो । तर काउन्टर अट्याकमा विल्फ्रिड जाहाले दुई डिफेन्डरको चुनौती परास्त गर्दै गोल गरेपछि प्यालेसको जित पक्का भयो ।

प्यालेसको यो लगातार दोस्रो जित हो । टोली २ खेलमा ६ अंकसहित गोलअन्तरमा एभर्टनभन्दा पछाडी दोस्रो स्थानमा छ । दिनको पहिलो खेलमा एभर्टनले घरेलु मैदानमा वेस्ट ब्रोमविच आल्बियनमाथि ५-२ को फराकिलो जित दर्ता गरेको थियो । एभर्टनको जितमा फरवार्ड डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक तथा हामेस रोड्रीग्वेज र माइकल किनले १-१ गोल गरे ।

खेलको दशौं मिनेटमा नै पाहुना टोली वेस्ट ब्रोमले अग्रता लिँदै एभर्टनलाई स्तब्ध बनाएको थियो । यसै सिजन वेस्ट ह्यामबाट आएका युवा फरवार्ड ग्रेडी डियान्गनाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक जोर्डन पिकफर्डले बचाउने सकेनन् । ३२ औं मिनेटमा एभर्टनले खेल बराबरीमा ल्यायो । वेस्ट ब्रोमका डिफेन्डरले हेडरमा बल क्लियर गर्न नसक्दा आएको रिबाउन्डलाई डोमिनिक काल्भर्ट लेविनले ब्याकहिलमा गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा हामेस रोड्रीग्वेजले गोल गर्दै खेलमा एभर्टनलाई अग्रता दिलाए । रिचार्लीसनको पासलाई हामेसले पेनाल्टी क्षेत्र बाहिरबाट नै गोल गर्न सफल रहे । रियल म्याड्रिडबाट एभर्टन आएको दोस्रो खेलमा नै हामेस गोलको खाता खोल्न सफल रहे ।

अग्रता लिएको एक मिनेटपछि नै वेस्ट ब्रोमका काइरान गिब्स हामेसलाई हातले हानेपछि रातो कार्ड खाँदै बाहिरीए । हाफ सकिएपछि रेफ्रीसँग गरेको व्यवहारका कारण वेस्ट ब्रोमका प्रशिक्षक स्लाभेन बिलीचले पनि रातो कार्ड खाए ।

दश खेलाडीमा सिमित हुनुका बाबजुद वेस्ट ब्रोमले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्कायो । म्याथिअस परेराले ४७ औं मिनेटमा झन्डै ३० यार्ड टाढाबाट फ्रिकिकमा सिधै गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए । तर ७ मिनेटपछि नै एभर्टनका माइकल किनले गोल गरे । रिचार्लिसनको हेडर गोलरक्षक साम जोन्सटनले विफल पारेपनि रिबाउन्डमा किन सफल भए ।

काल्भर्ट लेविनले ४ मिनेटको अन्तरमा दुई गोलका साथ ह्याट्रिक पूरा गर्दै फराकिलो जिततर्फ उन्मुख गराए । ६६ औं मिनेटमा रिचार्लिसनको पासलाई गोलमा परिणत गर्दै लेविनले ४-२ को अवस्थामा पुर्याए । हामेस रोड्रीग्वेजको कर्नरमा हेडर गोल गर्दै लेविनले एभर्टनका लागि पहिलो ह्याट्रिक पूरा गरे ।

अर्को खेलमा लिड्स युनाइटेडले प्रिमियर लिग सिजनमा पहिलो जित दर्ता गर्ने क्रममा बढुवा भएको अर्को क्लब फुलहमलाई ४-३ ले हरायो । पहिलो खेलमा लिभरपुलसँग सोहि स्कोरमा हारेको लिड्सले पाँचौ मिनेटमा हेल्डर कोस्टाको गोलमा अग्रता लिएको थियो । ३४ औं मिनेटमा एलेक्जेन्डर मित्रोभिचले पेनाल्टीमा स्कोर बराबर गरेपनि म्याथुज क्लिकले ४१ औं मिनेटमा पेनाल्टीबाट नै अग्रता पुन: स्थापना गरे ।

दोस्रो हाफको ७ मिनेटको अन्तरमा २ गोल गरेपछि लिड्सले ४-१ को अग्रता लियो । प्याट्रिक बामफर्डले ५० औं मिनेटमा क्लिकको पासमा गोल गरे । त्यसको ७ मिनेटमा बामफर्डको क्रसमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरे । बबी रिड र मित्रोभिचले १-१ गोल फर्काएअनि लिड्स अग्रता जोगाउँदै जित दर्ता गर्न सफल रहयो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.