5 years ago
September 20, 2020
एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सुखद सुरुवात गरेको छ ।

बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–० को सहज जित निकाल्दै विजयी शुरुवात गरेको हो । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा हालान्डले दुई गोल गर्दा जियोभानी रेनाले एक गोल थपे ।
प्रतिस्पर्धात्मक बनेको खेलको २०औं मिनेटमा घरेलु टोलीका एर्लिङ ब्राउट हालान्डको प्रहारलाई मोन्चेनग्लाडवाकका गोलरक्षक यान सोमेरले बचाए । लगत्तै हालान्डकै प्रहारमा डिफेन्डर बाधक बन्दा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो ।

३१औं मिनेटमा जोनास होफमनको प्रहारलाई डर्टमुन्डका गोलरक्षक रोमन बुर्कीले बचाउदै खतरा टारे । ३४औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले जुडे बेलिङघमको पासमा गोल गर्न सफल भएका थिए । ४१औं मिनेटमा स्टेफन लेइनेरको प्रहारलाई रोमन बुर्कीले बचाउदै डर्टमुन्डलाई पहिलो हाफमा १–० को अग्रता कायम राखे ।
दोस्रो हाफमा बोरुसिया मोन्चेनग्लाडवाकले बल पोजेसनमा नियन्त्रणमा लिएपनि डर्टमुन्डका हालान्ड दृश्यमा आउदै दुई गोल गर्न सफल भए । दोस्रो हाफका शुरुमै डर्टमुन्डले पेनाल्टी गोलमार्फत अग्रता दोब्बर बनायो ।
जियोभानी रेनालाई पेनाल्टी बक्समा रेमी बेन्सेबैनीले फल गरेपछि रेफ्रीले डर्टमुन्डलाई पेनाल्टी दिएका थिए । जसमा हालान्ड चुकेनन् । ७०औं मिनेटमा प्याट्रिक हर्मनले गोल अन्तर घटाउने अवसर पाएपनि डर्टमुन्डका गोलरक्षक रोमन बुर्की बाधक बने ।
७६औं मिनेटमा इंग्लिस युवा मिडफिल्डर जाडोन सान्चोको उत्कृष्ट पासमा हालान्डले उत्कृष्ट फिनिस गर्दै डर्टमुन्डलाई ३–० को अग्रता दिलाए । ८३औं मिनेटमा मोन्चेनग्लाडवाकका जोनास होफमनको प्रहारले पोस्टको दिशा दिशा लिन सकेन ।
८५औं मिनेटमा फ्लोरियन निउहसको प्रहार पनि पोस्टबाट थोरै बाहिरियो । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमुन्ड ३–० ले विजयी हुदै ३ अंक जोड्न सफल भयो ।
अन्य नतिजा
एफसी कोल्नविरुछ होफेनहाइन (२–३)
फ्रान्कफर्टविरुद्ध अर्मिनिया बिलेफिल्ड (१–१)
युनियन बर्लिनविरुद्ध अग्सवर्ग (१–३)
भिएफबी स्टुटगार्टविरुद्ध फ्रेइवर्ग (२–३)
वेर्डर ब्रेमेनविरुद्ध हर्था बिएससी (१–४)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]