5 years ago
September 20, 2020
एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो सफलता हात पारेको छ । नयाँ सिजनमा लगातार दोस्रो सफलता आत पार्ने क्रममा आर्सनलले वेस्टह्याम युनाइटेडमाथि २–१ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।

यसअघि आर्सनलले पहिलो खेलमा फुलहममाथि ३–० को सहज जित निकालेको थियो । इमिरेट्स स्टेडियममा आर्सनको जितमा एलेसान्द्रे लाकाजेट र इडवार्ड एनकेटियाले गोल गरे । पाहुना टोलीका माइकल एन्टोनियोले गरेको गोल सान्त्वना बन्यो ।
खेलको सुरुवातमा वेस्टह्यामले घरेलु टोलीमाथि दवाव बढाएको थियो । खेलको पाँचौ मिनेटमा नै आर्सनलका गोलरक्षक बर्न लेनो बाधक बन्दा वेस्टह्याम अग्रता लिनबाट चुकेको थियो । कप्तान डिक्लन राइसको पासमा एन्जेलो ओग्वोमाको हेडरलाई आर्सनलका गोलरक्षक लेनोले बचाएका थिए । सातौ मिनेटमा डिक्लन राइसकै पासमा आरोन क्रेसवेलको प्रहारलाई ड्यानियल सेवालोसले ब्लक गर्दै आर्सनलको संकट टारे ।

१५औं मिनेटमा आर्सनलका ग्याब्रिलले जारोड बोवेनलाई फल गरेको भन्दै वेस्टह्यामले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई मतलब नै गरेनन् । खेलको सुरुवातमा दवाव झेलेको आर्सनले २५औं मिनेटमा गोल गर्दै अग्रता लिन सफल भयो । कप्तान पिएर इमरिक औवामियाङको क्रस पासमा अनमार्क रहेका लाकाजेटले फ्रि हेडरमार्फत गोल गरेका थिए ।
३०औं मिनेटमा आर्सनलका साकाको प्रहार आकासियो । ४५औं मिनेटमा माइकल एन्टोनियोले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । रायन फ्रेडेरिक्सको पासमा गोल गर्न सफल भएका थिए । ६७औं मिनेटमा एन्टोनियोको पावरफुल हेडर क्रसबारमा लागेर बाहिरिदा वेस्टह्यामले खेलमा अग्रता लिने अवसर गुमायो ।
लगत्तै वेस्टह्यामको अर्काे प्रहारमा आर्सनलका गोलरक्षक लेनो बाधक बन्दा वेस्टह्याम पुनः अग्रता लिबाट चुक्यो । ८५औं मिनेटमा ड्यानियल सेवालोसको पासमा इडवार्ड एनकेटियाले खाली पोस्टमा गोल गर्दै आर्सनलाई २–१ को प्रतिस्पर्धात्मक जित दिलाए । इन्ज्युरी समयमा आर्सनलले दुई अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
लगतार दुई जित हात पारेको आर्सनल ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । वेस्टह्यामले अंकको खाता खोल्न सकेको छैन । एभर्टन ६ अंक जोडेर शीर्षस्थानमा छ ।
अन्य नतिजा
एभर्टनविरुद्ध वेस्ट ब्रुम (५–२)
लिड्सविरुद्ध फुलहम (४–३)
म्यानचेस्टर युनाइटेडविरुद्ध क्रिस्टल प्यालेस (१–३)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]