default_image

5 years ago

September 20, 2020

लिभरपुलले वल्भ्सका जोटालाई भित्र्यायो

145 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले पोर्चुगिज तथा प्रिमियर लिग क्लब वल्भ्सका फरवार्ड डिएगो जोटालाई अनुबन्धित गरेको छ ।

प्रिमियर लिग क्लब वल्भ्समा दुई सिजन बिताएका २३ वर्षीय जोटालाई लिभरपुलले ४१ मिलियन पाउन्डमा ५ वर्षको लागि सम्झौता गरेको हो । जोटा २०१८ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट वल्भ्स आएका थिए ।

लिभरपुलमा अनुबन्ध भएसँगै जोटाले लिभरपुल आउनु आफ्नो र परिवारको लागि उत्साहित समय रहेको बताएका छन् । जोटाले लिभरपुलमा २० नम्बरको जर्सी लगाउने छन् । वल्भ्समा स्थायी अनुबन्ध हुनुअघि जोटाले एक सिजन लोनमा खेलेका थिए । जतिबलो वल्भ्स दोस्रो डिभिजनमा रहेको थियो ।

जोटाले वल्भ्सका लागि १ सय ४१ खेलमा ४४ गोल गरेका थिए । गत सिजन उनले वल्भ्सबाट ४८ खेलमा १६ गोल गरेका थिए । जोटाले पोर्चुगलबाट चार अन्तर्राष्ट्रिय खेल खेल्दै १ गोल समेत गरिसकेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.