5 years ago
September 20, 2020
एजेन्सी – बार्सिलोनाको प्रि सिजन तयारीमा फिलिपे काउटिन्होले उच्च प्रदर्शन गर्दै आएका छन् । जसका कारण उनी नयाँ सिजन उत्साहजनक हुनेमा आशावदी छन् ।

क्याटलान क्लब बार्सिलोनाले शनिबार एल्चेलाई १–० ले हराउँदै जोआन गाम्पर ट्रफी जितेको छ । मैत्रीपूर्ण खेलका रुपमा रहेपनि आठौं पटक उक्त ट्रफी जित्दै बार्सिलोनाले नयाँ सिजनका लागि पूर्ण रुपमा तयारी रहेको संकेत गरेको छ । गत सिजन लोनमा बुन्डेस लिगा च्याम्पियन बायर्न म्युखिनबाट खेलेका काउटिन्हो शनिबार पहिलो रोजाईमा थिए । उनी खेलको म्यान अफ द म्याच भएका थिए ।
‘म राम्रो समयको लागि आशावादी छु । म उच्च मनोबलका साथ खेलिरहेको छु’, एल्चेसँगको खेलपछि काउटिन्होले भने, ‘म यो सिजन अझै मेहनत गर्न चाहन्छु र जति सक्दो राम्रो मैदानमा देखाउन प्रयास गर्नुछु ।’
नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा लगतार सुधार गरिरहेको पनि काउटिन्होले बताए । ‘हामीले प्रि सिजनमा धेरै अभ्यास गर्न पाएका छैनौं । जति समय पाएका छौं त्यसमा सुधार गरिरहेका छौं’, उनले थपे,‘ प्रशिक्षण टोलीको तरिकामा हामी अभ्यस्त हुँदै गइरहेका छौं । सिजन सुरुवातका लागि अझै हामीसँग एक साताको समय बाँकी छ । ’

सेप्टेम्बर २७ मा खेल्दै बार्सिलोनाले यो सिजनको ला लिगा सुरु गर्नेछ । कोभिड १९ का कारण प्रभावित ला लिगामा यसअघि निर्धारित बार्सिलोनको २ खेल भने स्थगित भएका थिए । गत सिजन भने बार्सिलोनाका लागि बिर्सनलायक रह्यो । टोलीले लामो समयपछि गत वर्ष उपाधिविहिन हुनुपरेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]