default_image

5 years ago

September 20, 2020

चेल्सी र लिभरपुल भिड्दै

191 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको चेल्सीले साविक विजेता लिभरपुललाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ ।

चेल्सी र लिभरपुलबीचको खेल स्टामफोर्ड ब्रिजमा नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । पहिलो राउन्डको खेलमा सफलता हात पारेको दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछन् । साविक विजेता लिभरपुलले पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ ले तथा चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको थियो ।

चेल्सीलाई खेलाडीको चोट र फिटनेसको चिन्ता हुनेछ । यसै सिजन अनुबन्ध भएका डिफेन्डर थियागो सिल्भा र वेन चिलवेल फिटनेससँग जुधिरहँदा हाकिम जियाच र क्रिस्टियन पुलिसिचले चोटका कारण लिभरपुलको खेलमा उपलब्ध हुने छैन । तर, काई हाभर्ट्ज र टिमो वेर्नर लिभरपुलविरुद्धको खेलमा उपलब्ध हुने छन् ।

यसबाहेक चेल्सीसँग मासन माउन्ट, रोस बार्कली, माटियो कोभासिस, एङ्गोलो कान्टे, रिस जेम्स, एन्ड्रिएस क्रिस्टेन्सेन, कोर्ट जोउमा, किपा एरिजाबालगा र कप्तान सेजार एज्पीलिक्वेटा हुनेछन् ।

लिभरपुललाई चोटको समस्या हुनेछैन । लिभरपुलसँग मोहम्मद सलाह, साडियो माने, रोबर्टाे फिर्मिन्हो, जर्जिन्हो वाइनल्डम, जोर्डन हेन्डरसन, भर्जिल भान डाइक, ट्रेन्ट एलेसान्दर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकर जस्ता खेलाडीको साथ रहनेछ । मिडफिल्डर थियागो अलाकान्तराले चेल्सीविरुद्धको खेलबाट डेब्यु गर्ने सम्भावना छ ।

यि दुई टोलीको पछिल्लो २८ खेलको नतिजा हेर्दा लिभरपुल हावी छ । लिभरपुलले ११ खेलमा जित हात पार्दा चेल्सीले ९ खेल जितेको छ । ८ खेल बराबरीमा सकिएको छ । गत वर्षको प्रिमियर लिगको दुवै खेलमा लिभरपुल विजयी हुदा एफए कपमा चेल्सीले हराएको थियो ।

अन्य खेल

साउथह्याम्पटनविरुद्ध टोटेनहम (४ः४५ बजे)

न्युक्यासलविरुद्ध ब्राइटन (६ः४५ बजे)

लेस्टर सिटीविरुद्ध बर्नली (११ः४५ बजे)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.