5 years ago
September 20, 2020
एजेन्सी – डिफेन्डिङ च्याम्पियन स्पेनिस महारथी रियल म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगाको पहिलो खेलमा आज आइतबार राति रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल सोसिडाडको मैदानमा नेपाली समय अनुसार राति १२ः४५ बजे हुनेछ । साविक विजेता रियल सिजनको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । रियलको यो लक्ष्यमा करिम बेन्जेमा मुख्य हतियार बन्नेछन् ।
इडेन हाजार्ड, भिनिसियस जुनियर, रोड्रिगो, लुका मोड्रिच, क्यासमिरो, टोनी क्रुस, कप्तान सर्जियो रामोस, मार्सेलो, राफयल भरान, ड्यानियल कार्भाजल र गोलरक्षक थिवाउट कोर्टुवा रियलसँग हुनेछ । मार्टिन ओडेगार्डले रियलको सिनियर टोलीमा लामो समयपछि खेल्ने सम्भावना छ ।
सन् २०१४–१५ को सिजनमा एक खेलमा मात्रै मौका पाएका ओडेगार्डले त्यसपछि तीन सिजन लोनमा बिताएका थिए । फेडरिको भाल्भेर्डे, फर्लान्ड मेन्डी, मार्काे एसेन्सियो, इस्को र लुकास भास्क्वेजले सब्सिच्युट खेलाडीको रुपमा आएर खेलमा प्रभाव जमाउन सक्नेछ ।
यता, सोसिडाड पनि रियललाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने दाउमा हुनेछ । अघिल्लो सिजन ला लिगाको दुवै खेलमा पराजित भएपनि सोसिडाडले कोपा डेल रेमा ४–३ को जित निकालेको थियो । सोसिडाड सोही प्रदर्शनलाई निरन्तरता दिने योजनामा हुनेछ । क्रिस्टियन पोर्टु, एलेसान्डर इसाक, मिकेल ओएरजावाल, रोबर्टाे लोपेज र डिएगो लोरेन्टोले जस्ता खेलाडीको साथ सोसिडाडलाई हुनेछ ।
यि दुई टोली २१ पटक भिड्दा १६ खेलमा रियल विजयी भएको छ । ४ खेलमा सोसिडाड सफल हुदा १ खेल बराबरीमा सकिएको छ ।
अन्य खेल :
एसडी हुएस्काविरुद्ध काडिज (राति ७ः४५ बजे)
ग्रानडाविरुद्ध डिपोर्टिभो एलाभेस (राति १०ः१५ बजे)
रियल बेटिसविरुद्ध रियल भालाडोलिड (राति १०ः१५ बजे)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]