5 years ago
September 20, 2020
एजेन्सी – साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा आज (आइतबार) साम्पडोरियासँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।

युभेन्टस र साम्पडोरियाबीचको खेल युभेन्टसको मैदानमा नेपाली समयअनुसार राति १२ः३० बजे सुरु हुनेछ । च्याम्पियन युभेन्ट्स साम्पडोरियामाथि सहज जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको साथ पाएको युभेन्ट्ससँग पाउलो डिबाला, लियोनार्दाे बोनुची, जर्जियो चेलेनी, डानिलो, एड्रिएन राबिओट, जुआन कोर्डाडोलगायतका खेलाडी हुनेछन् । यसै सिजन बार्सिलोनाबाट युभेन्टस पुगेका आर्थरले पनि खेल्ने सम्भावना छ ।
यता साम्पडोरिया पनि सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । युभेन्टसविरुद्ध साम्पडोरिया अंक नगुमाउने रणनीतिमा हुनेछ । पछिल्लो दुई खेलमा साम्पडोरियाले युभेन्टसलाई पराजित गर्न सकेको छैन ।
यि दुई टोलीबीचको १८ भेटमा युभेन्टसले ११ खेल आफ्नो पक्षमा पारेको छ । ४ खेल साम्पडोरियाले तथा ३ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक गत सिजनको दुवै खेलमा युभेन्ट्स विजयी भएको थियो । युभेन्ट्स सोही जितलाई निरन्तरता दिने दाउमा रहँदा साम्पडोरिया पनि युभेन्टससँगको हारको श्रृंखला तोड्ने लक्ष्यमा हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]