default_image

5 years ago

September 20, 2020

सनको ४ गोलमा टोटेनहमको फराकिलो जित

173 views

0 Bookmark

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले सानदार ह्याट्रिक प्रहार गरेपछि टोटेनहम हट्सपरले आइतबार साउथह्याम्पटनको मैदानमा ५-२ को जित हासिल गरेको छ ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेर १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा टोटेनहमले ४ गोल थपेको थियो । फरवार्ड सन एक्लैले ४ गोल गर्दा उनको सबै गोलमा फरवार्ड ह्यारी केनले असिस्ट दिएका थिए । केन आफैंले पनि एक गोल थपे ।

साउथह्याम्पटनले खेलको ३२ औं मिनेटमा ड्यानी इंग्सको गोलमा अग्रता लिएको थियो । त्यसअघि केन र इंग्स दुवैले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएको थिएन । टोटेनहमका लागि सनले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो हाफमा टोटेनहमले मिडफिल्डर जिओभानी लो सेल्सोलाई मैदान प्रवेश गराएको थियो । मिडफिल्डमा उनले नै उच्च प्रदर्शन गर्दा टोटेनहमले पुनरागमन गर्न सकेको थियो । सनले ४७ औं मिनेटमा टोटेनहमलाई अग्रता दिलाए । ६४ औं मिनेटमा केनको चिप पासलाई उत्कृष्ट नियन्त्रणमा लिंदै वन भर्सेस वनको अवस्थामा गोल गर्दै सनले ह्याट्रिक पूरा गरे ।

७३ औं मिनेटमा सनले व्यक्तिगत चौथो गोल गरे । यसपटक पनि उनले केनको क्रसलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिंदै गोल गरेका थिए । ८२ औं मिनेटमा ४ असिस्ट दिएका केनले पनि गोल गरे । एरिक लामेलाको प्रहार पोस्टमा लागेर फर्केपछि केनले पहिलो टचमा गोल गर्दै जारी सिजन प्रिमियर लिगमा गोलको खाता खोले ।

इन्ज्युरी समयमा साउथह्याम्पटनले सान्तवना गोल फर्कायो । म्याट डोहर्टिको हातमा बलले लागेपछि भीएआरको मदतले रेफ्रीले पेनाल्टी दिए । ड्यानी इंग्सले पेनाल्टीमा गोल गर्दै ५-२ स्कोर बनाए । लिगमा साउथह्याम्पटनको यो लगातार दोस्रो हार हो । टोटेनहम भने एभर्टनविरुद्ध हारपछि पहिलो जित दर्ता गर्न सफल भएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.