default_image

5 years ago

September 20, 2020

एमबाप्पे र डि मारियाको गोलमा पीएसजीको दोस्रो जित

160 views

0 Bookmark

एजेन्सी – साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

सुरुवाती दुई खेलमा पराजित भएर तेस्रो खेलमा मेट्जलाई पराजित गर्दै लय समातेको पीएसजीले आइतबार निसलाई उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पे र डि मारियासँगै कप्तान मार्किन्हसले गोल गरे ।

एलिएन्ज रिभिइरामा निसमा भएको प्रतिस्पर्धात्मक खेलमा पीएसजीले गोलको लागि पेनाल्टीको सहारा लिनुपरेको थियो । खेलको १७औं मिनेटमा एन्जल डि मारियाको प्रहारलाई निसका गोलरक्षक वाल्टर बेनिटेजले बचाएपछि पीएसजी अग्रता लिनबाट चुकेको थियो । १९औं मिनेटमा पीएसजीका गोलरक्षक केलर नाभासले उत्कृष्ट बचाउ गर्दै निसको अग्रता टारे ।

२५औं मिनेटमा केलियन एमबाप्पेले गोलको सुवर्ण अवसर खेर फाल्यो । ३४औं मिनेटमा रोनी लोपेसले गरेको क्रसले पीएसजीका गोलरक्षक नाभासलाई बिट गरेपनि पोस्टबाट थोरै बाहिरियो ।

३८औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए । डिफेन्डर युसेफ एटललाई बिट गरेपनि खेपरेन थुरामल एमबाप्पेलाई फल गरेपछि प्राप्त पेनाल्टीमा एमबाप्पे आफैले गोल गर्न सफल भएका थिए ।

४०औं मिनेटमा एन्जल डि मारियाको फ्रिकिकमा एन्डर हेरेराको हेडर डिफ्लेक्ट हुदै पोस्टबाट थोरै बाहिरिएको थियो । ४२औं मिनेटमा लोपेसले कप्तान मार्किन्हसलाई बिट गर्दै गरेको प्रहारलाई नाभासले उत्कृष्ट बचाउ गर्दै बराबरी टारे ।

पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । केलियन एमबाप्पेले मैदानको मध्यभागबाट एक डिफेन्डरलाई बिट गर्दै अघि बढाएर अर्काे डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई निसका गोलरक्षक बेनिटेजले नियन्त्रणमा लिन नसकेको बललाई डि मारियाले रिवाउन्डमा जाली चुमाएका थिए ।

दोस्रो हाफको शुरुमै घरेलु टाली निसले गोल अन्तर कम गर्ने सुवर्ण अवसर गुमायो । हस्साने कामराको क्रसमा एमिन गौउरीको प्रहारलाई नाभासले छेके । ५३औं मिनेटमा नाभासले अर्काे उत्कृष्ट बचाउ गरे । ५९औं मिनेटमा मोउरो इकार्डीको प्रहारलाई निसका गोलरक्षक बेनिटेजले विफल पारे । ६३औं मिनेटमा इकार्डीको प्रहार पोस्टमा लागेर फर्कदा पीएसजी अग्रता बढाउनबाट चुक्यो ।

६६औं मिनेटमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए । एन्जल डि मारियाको फ्रिकिकमा मार्किन्हसले हेडरमार्फत गोल गरेका थिए । ७८औं मिनेटमा नाभासले अर्काे उत्कृष्ट बचाउ गरे । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी ३–० को विजयी हुन सफल भयो । जितसँगै पीएसजीले ४ खेलबाट ६ अंक जोडेको छ । पराजित निसको पनि ४ खेलबाट ६ अंक नै छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.