5 years ago
September 20, 2020
एजेन्सी – फरवार्ड साडियो मानेले उत्कृष्ट प्रदर्शन गर्दा इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले नयाँ सिजनमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा लन्डन क्लब चेल्सीलाई २-० ले पराजित गरेको छ ।

लिभरपुलको जितमा दुवै गोल मानेले नै गरे । पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर आन्द्रिएस क्रिस्टेनसनले रातो कार्ड पाएपछि लिभरपुलको जित सहज भएको थियो । गोलरहित पहिलो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेलेपनि दोस्रो हाफमा लिभरपुलले कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सक्यो ।
मानेले दोस्रो हाफको ५० औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले रोबर्टो फिर्मिनोको पासलाई गोलमा परिणत गरे । त्यसको तीन मिनेटपछि नै मानेले अग्रता दोब्बर पारे । गोलरक्षक केपाले क्लियर गर्न खोजेको बललाई खोस्दै मानेले जिततर्फ अग्रसर गराएका थिए ।

चेल्सीले खेलको ७५ औं मिनेटमा खेलमा फर्कने सुवर्ण अवसर प्राप्त गर्यो । टिमो वेर्नरलाई डेब्यु गरिरहेका थियागोले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । इटालियन मिडफिल्डर जोर्जिन्होले गरेको प्रहार गोलरक्षक एलिसनले बचाउँदै २ गोलको अग्रता कायम राखे ।
थप समयमा गोल हुन नसक्दा च्याम्पियन लिभरपुलले शत प्रतिशत जितको सुरुवातलाई निरन्तरता दिन सक्यो । यता चेल्सी भने लिगको पहिलो हार भोग्न बाध्य भएको छ । लिभरपुलका लागि डेब्यु गरेका थियागोले दोस्रो हाफ मात्र खेलेपनि मिडफिल्डमा उच्च प्रदर्शन गरे ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]