5 years ago
September 21, 2020
एजेन्सी – साविक विजेता युभेन्टरसले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा साम्पडोरियामाथि ३–० को सहज जित निकाल्दै युभेन्टसले विजयी सुुरुवात गरेको हो ।

यससँगै नयाँ प्रशिक्षक आन्द्रे पिर्लोेले पनि सिरी ‘ए’ मा सुखद सुरुवात गरेका छन् । आफ्नो प्रशिक्षणमा पिर्लोले पहिलो सफलता हात पारेका हुन् ।
एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, लियोनार्दाे बोनुची र सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

खेलको सुरुवातदेखि नै बल पोजेसनमा पकड बनाएको युभेन्टसले १३औं मिनेटमा गोलको खाता खोलेको थियो । पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै रोनाल्डोले बल अघि बढाउने प्रयास गरेपनि फुस्किएको बललाई डिजानले उत्कृष्ट फिनिस गरेका थिए । त्यसअघि खेलको छैटौं मिनेटमा डिफेन्डर डानिलोको प्रहार बाहिरिँदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो ।
११औं मिनेटमा आरोन राम्सेको पासमा क्रिस्टियानो रोनाल्डोको प्रहारलाई साम्पडोरियाका गोलरक्षक इमिल ओउडेरोले बचाए । २४औं मिनेटमा राम्सेकै पासमा रोनाल्डोको शक्तिशाली प्रहार बारमा लागेर बाहिरिँदा युभेन्टस अग्रता दोब्बर पार्नबाट चुक्यो ।

४३औं मिनेटमा वेस्टन म्याकिनीको प्रहारले पोस्टको दिशा लिन सकेन । ४५औं मिनेटमा रोनाल्डोले बल फुस्काएपछि फवियो दिपाओलीले अघि बढाउदै गरेको प्रहार पोस्टबाट थोरै बाहिरिदा साम्पडोरिया बराबरीबाट चुक्यो ।
४८औं मिनेटमा राम्सेको पासमा जियानलुका फ्राबोट्टाको प्रहारलाई साम्पडोरियाका गोलरक्षक इमिल ओउडेरोले बचाए । ५३औं मिनेटमा रोनाल्डोको प्रहारलाई माया योसिदालाई डिफ्लेक्ट हुदै बाहिरियो । ५९औं मिनेटमा युभेन्टसले अर्काे अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । फ्राबोट्टाको क्रसमा जुआन कोर्डाडो हुदै रोनाल्डोले गरेको प्रहार बाहिरिएको थियो । ७५औं मिनेटमा रोनाल्डोले फ्रिकिकलाई सदुपयोग गर्न सकेनन् ।

लगातार एकपछि अर्काे पोस्ट आक्रमण बुनेको युभेन्टसले ७९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । कुलुसेभ्स्सीको कर्नरबाट आएको बललाई साम्पडोरियाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई वेस्टन म्याकिनीले गरेको प्रहारलाई गोलरक्षक इमिल ओउडेरोले बचाए । तर रिबाउन्डमा क्लोज रेन्जबाट लियोनार्दाे बोनुचीले गोल गर्न सफल भएका थिए ।
८३औं मिनेटमा एल्विन एकडलको प्रहारलाई युभेन्टसका गोलरक्षकले सहजै नियन्त्रणमा लिए । ८५औं मिनेटमा वेस्टन गोलाजिक पुगेर चुके । एकपछि अर्काे प्रहार विफल भएको रोनाल्डोले अन्तत ८८औं मिनेटमा गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए । आरोना राम्सेको पासमा रोनाल्डोले पेनाल्टी बक्सभित्रबाट गोल गरेका थिए ।
अन्य नतिजा
पार्माविरुद्ध नेपोली (०–२), जिनोआविरुद्ध क्रोटोन (४–१), सस्सुलोविरुद्ध काग्लिएरी (१–१)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]