default_image

5 years ago

September 21, 2020

रियल म्याड्रिड पहिलो खेलमै रोकियो

217 views

0 Bookmark

एजेन्सी – साविकको विजेता रियल म्याड्रिडले नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग रोकिएको छ । रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकेको हो ।

घरेलु टोलीलाई लगातार दवावमा राखेपनि रियलका अग्रपङ्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा नै गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो । पहिलो हाफमा दुवै टोलीले गोलको उल्लेख्य मुभ बनाउन सकेका थिएनन् ।

४२औं मिनेटमा रियल म्याड्रिडका गोलरक्षक थिवाउट कोर्टुवाले मिकेल ओएरजावलको प्रहारलाई सहजै नियन्त्रणमा लिएका थिए । ६१औं मिनेटमा करिम बेन्जेमाले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा रियल म्याड्रिड अग्रता लिनबाट चुक्यो ।

७७औं मिनेटमा मिनिसियस जुनियरको पासमा युवा खेलाडी मार्भिन पार्कले बललाई नियन्त्रणमा लिएर प्रहार गर्न नसक्दा रियल पुनः अग्रता लिनबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल निराशजनक गोलरहित बराबरीमा टुंगियो ।

प्रशिक्षक जिनेदिन जिदानले सोसिडाडविरुद्धको खेलमा ‘बी’ टिमका दुई खेलाडी मार्भिन पार्क र सर्जियो एरिवासलाई सिनियर टोलीमा डेब्यु गराएका थिए । मार्टिन ओडेगार्डले पहिलो रोजाईमा स्थान पाएपनि सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् ।

अन्य नतिजा
एसडी हुएस्काविरुद्ध काडिज (०–), ग्रानडाविरुद्ध डिपोर्टिभो एलाभेस (–१), रियल बेटिसविरुद्ध रियल भालाडोलिड (–०)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.