default_image

5 years ago

September 21, 2020

लेस्टरले बर्नलीलाई हरायो

144 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले बर्नलीलाई पराजित गरेको छ । किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा लेस्टरले बर्नलीमाथि ४–२ को पूनरागमा जित हात पारेको हो ।

घरेलु मैदानमा लेस्टरको जितमा हार्भे बार्नेस, जेम्स जस्टिन र डेनिस प्रयाएटले गोल गर्दा एक गोल उपहार पाएको थियो । बर्नलीका क्रिस वुड र जिम्मी डुन्नीले गोल गरेपनि हार टार्न सकेन । खेलको १०औं मिनेटमा क्रिस वुडको गोलबाट घरेलु टोली लेस्टर १–० ले पछि परेको थियो । चार्ली टेलरको क्रसलाई चेस्टले नियन्त्रणमा लिदै क्रिसवुडले गोल गर्न सफल भएा थिए ।

२०औं मिनेटमा हार्भे बार्नेसले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउदा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । जेमी भार्डीले दुई डिफेन्डरलाई बिट गर्दे दिएको ब्याक पासमा टिमोथी कास्टाग्नेको पासमा गोल गरेका थिए ।

५०औं मिनेटमा इरिक पिटर्सले आत्मघाती गोल गरेपछि लेस्टरले खेलमा २–१ को अग्रता लियो । टिमोथी कास्टाग्नेको लो क्रस इरिक पिटर्सको खुट्टामा लाग्दै गोलमा परिणत हुदा बर्नलीका गोलरक्षक निक पोपले रोक्ने कुनै अवसर नै पाएन । ६१औं मिनेटमा जेम्स जस्टिनले गोल गर्दै लेस्टरलाई ३–१ ले अघि बढाए । एयोजी पेरेजको पासमा जेम्सले जाली चुमाएका थिए ।

७३औं मिनेटमा डिवाइट म्यानेलको पासमा जिम्मी डुन्नीले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ७९औं मिनेटमा हार्भे बार्नेसको पासमा डेनिस प्राएटले गोल गर्दै लेस्टरलाई ४–२ को जित दिलाए ।

जितसँगै अपराजित रहेको लेस्टर दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाटै ६ अंक रहेपनि एभर्टन, आर्सनल, लिभरपुल र क्रिस्टल प्यालेस गोल अन्तरमा पछि छ । बर्नलीले अंकको खाता खोल्न सकेको छैन । बर्नलीको पहिलो खेलमा पहिलो हार हो ।

अन्य नतिजा
साउथह्याम्पटनविरुद्ध टोटेनहम (२–), न्युक्यासलविरुद्ध ब्राइटन (०–३), चेल्सीविरुद्ध लिभरपुल (०–)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.