5 years ago
September 21, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल इटालियन क्लब इन्टर मिलानमा आबद्ध हुने भएका छन् ।

बार्सिलोनामा उनको सम्झौता अर्काे वर्षको समरसम्म रहेको छ । तर नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले भिडाललाई आफ्नो योजनामा नरहेको भन्दै अन्यत्र जान सुझाव दिएका थिए । त्यसै अनुरुप भिडालले इन्टर मिलान जाने निर्णय गरेका हुन् । भिडाल स्वास्थ्य परिक्षण र औपचारिकता पूरा गर्न इटाली पुगिसकेका छन् ।
२०१८ मा जर्मन महारथी बायर्न म्युनिखबाट भिडाल तीन वर्षको सम्झौता गर्दै बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि ८५ खेलमा ९ गोल गरेका छन् । यसै सिजनमा डच मिडफिल्डर फ्रान्की डि जोङको आगमनसँगै भिडाललाई बार्सिलोनामा पहिलो रोजाईमा पर्न निकै संघर्ष गर्नुपरेको थियो । सोही कारण पनि बार्सिलोनाले भिडाललाई बेच्ने तयारी गरिरहेको थियो ।
चिलीकै एलेक्सिस सान्चेज इन्टर मिलान रहेकाले पनि भिडालको यात्रा सहज भएको अनुमान गरिएको छ । प्रशिक्षक एन्टोनियो कोन्टेले यसअघि चेल्सीका एनगोलो कान्टेलाई भित्र्याउने प्रयास गरेपनि सफल हुन नसक्दा भिडाल रोजाइमा परेका हुन् । यसअघि युभेन्टसबाट खेल्दै इटालियन लिग जितिसकेका भिडालले इन्टरबाट खेल्दै युभेन्टसको अधिपत्य तोड्ने प्रयास गरेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]